वर्तमान सरकार चुनावका लागि अनिच्छुक मात्र होइन असक्षम पनि : डा. महत

२७ पुष २०६९, शुक्रबार २१:१४ मा प्रकाशित

काठमाडौं, २७ पुस । राष्ट्रपतिले सहमतिका लागि भन्दै पटक पटठक म्याद थपिरहनुको साटो बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्नका लागि प्रक्रिया सुरु गराउनुपर्ने अडान राख्दै आउनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईको जिद्दी र बालहठका कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाउनुभएको छ । सिन्धुलीको सिन्धुलीमाढीमा शुक्रबार आयोजित नेपाल शिक्षक संघ सिन्धुलीको ७ औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले अहिले राष्ट्रवादी र सर्वसत्तावादीहरुका वीच लडाइ चलिरहेको उल्लेख गर्नुभयो । उहाँले ‘वर्तमान समस्या समाधानका लागि राष्ट्रपतिले कडा कदम चाल्नैपर्छ भन्दै मुलुकको वर्तमान संकट चाँडै समाधान नभए लोकतन्त्र खतरामा पर्ने तर्क गर्नुभयो।
नेता महतले राजतन्त्रवादीका कारण मात्रै नभएर एकीकृत माओवादीका कारण समेत लोकतन्त्र खतरामा परेको जिकीर गर्नुभयो । लोकतन्त्रलाई वचाउन सवै एकजुट भएर लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘वर्तमान सरकार संविधानसभाको नयाँ निर्वाचन गर्न सक्षम छैन । उहाँले एमाओवादीले वैशाखमा निवार्चन गर्न नचाहेकाले बिभिन्न बखेडा झिकीरहेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार