अपराधीको संरक्षक’ सरकारविरुद्ध रुपन्देहीका पत्रकार पनि सडकमा

२७ पुष २०६९, शुक्रबार २०:२९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २७ पुस । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नलाई कारबाहीमा बिलम्ब नगर्न चेतावनी दिँदै रुपन्देहीका पत्रकारहरुले बुटबलमा पनि बिरोध प्रदर्शन गरेका छन् ।
बुटवलको पुष्पलाल पार्कबाट दण्डहीनता अन्त्य गर, पत्रकार हत्या र बेपत्ता र्पाने कार्यमा संलग्न दोषीलाई कारबाही गर लेखिएको व्यानरसहित सुरु भएको जुलुस नगर परिक्रमा पछि पुनः पुष्पलाल पार्कमै आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक मोहन चापागाईंले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नलाई पक्राउ गरिसकेको अवस्थामा सरकारले अपराधीको संरक्षण र्गन खोजेको भन्दै अभियुक्तहरुमाथि थालिएको कानुनी कारवाही नरोक्न आग्रह गरे ।
उनले कारबाहीमा अबरोध गरिए न्याय खोज्दै पत्रकार महासंघ अन्तराष्ट्रिय अदालतसम्म जान सक्ने चेतावनी दिए । महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले पत्रकार हत्या र बेपत्ता पार्ने कार्यमा संलग्न सबै दोषीहरुलाई कानुनी कारवाहीको कठघरामा उभ्याइनुपर्ने बताए ।
त्यस अवसरमा महासंघ रुपन्देहीका उपाध्यक्ष रामराज पोखरेल, सचिव यानेन्द्र जिसी, अधिकारकर्मी गोविन्द खनाल, प्रेस चौतारीका रुपन्देही अध्यक्ष प्रदिप आचार्य, प्रेस युनियनका सभापति भवानी पाण्डे, क्रान्तिकारी पत्रकार संघका उपाध्यक्ष ओम पंगेनी, अनिजका सचिव टेकबहादुर मास्की लगायतले पत्रकार हत्यामा संलग्न अपराधीको संरक्षण नर्गन सरकारलाई चेतावनी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार