नेपाली वैज्ञानिकका लागि खोजमूलक अध्ययन केन्द्रको स्थापना हुने

२७ पुष २०६९, शुक्रबार २०:२६ मा प्रकाशित

काठमाडौं, २७ पुस । नेपाली विद्वत् वर्गहरूका लागि नयाँ खोज तथा अनुसन्धान गर्न प्रविधियुक्त खोजमूलक अध्ययन केन्द्रको स्थापना गरिने भएको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव किशोर थापाले नेपाली वैज्ञानिकहरूलाई आकर्षित गर्ने मूल उद्देश्यअनुरूप इनोभेसन सेन्टर (नयाँ खोजी) स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । सचिव थापाले यसका साथै मानव स्वास्थ्यमा प्रयोग हुने औषधि विज्ञान, पशुस्वास्थ्य विज्ञानलगायतको अध्ययन अनुसन्धानका लागि बायोटेक केन्द्र र खगोल शास्त्रको अध्ययन अनुसन्धानका लागि अन्तरिक्ष अध्ययन केन्द्रको पनि स्थापना गर्ने लक्ष्य रहेको र सोसम्बन्धी केही क्रियाकलाप अगाडि बढाएको जानकारी दिनुभयो ।
उहाँले मुलुकका लागि केही गरौँ भन्ने भावना भएका नेपाली विद्वान् वैज्ञानिकहरूलाई अनुसन्धान केन्द्रले अध्ययन अनुसन्धानका साथै विदेश पलायन हुनबाट समेत रोक्न सहयोग पु¥याउने आशा लिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार