हत्याराले स्वीकार गरेपछि प्रधानमन्त्रीलाई केको टाउको दुखाई ? : जनमोर्चा अध्यक्ष केसी

२७ पुष २०६९, शुक्रबार ०८:१६ मा प्रकाशित

रासस/ काठमाडौं, २७ पुस । राष्ट्रिय जनमोर्चाले पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई संरक्षण नदिन सरकारसँग आग्रह गरेको छ। सो पार्टीले नयाँ बानेश्वरस्थित विघटित संविधानसभा भवन अगाडि विरोध सभाको आयोजना गरी घटनाको अनुसन्धान प्रक्रियालाई प्रभावित गर्ने गरी प्रधानमन्त्रीबाट व्यक्त विचारप्रति आपत्ति प्रकट गरेको छ।
विरोधसभामा पार्टी अध्यक्ष चित्रबहादुर केसीले थापाको हत्याविरुद्धको किटानी जाहेरीमा नाम परेका लछिराम घर्तीले आफूहरूले हत्या गरेको स्वीकार गरिसकेको अवस्थामा उसलाई जबर्जस्ती उम्काउने दुस्प्रयास किन गर्नुपरयो भन्ने प्रश्न गर्दै निष्पक्षरूपमा छानबिन अगाडि बढ्न दिइनुपर्ने बताए ।
उनले भने, ‘दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणलाई दबाउन तथा हत्यामा संलग्न अपराधीलाई बचाउन मुद्दा प्रक्रिया अगाडि नबढाउन स्थानीय प्रहरी, प्रशासन र जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई प्रधानमन्त्रीले ठाडो आदेश दिनु गलत हो।’
अध्यक्ष केसीले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा महिला हत्या, हिंसा र बलात्कारका घटना लगातार बढिरहँदा सरकार गैरजिम्मेवार देखिएको गुनासो गरे ।
पछिल्लो एक दशकयतामात्रै ३३ पत्रकार मारिएका र तीनजना बेपत्ता पारिएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। तत्कालीन माओवादीले पत्रकार थापालाई खानेपानीको विवाद मिलाउन भन्दै विसं २०६१ साउन १२ गते बोलाई अपहरण गरेर साउन २७ गते हत्या गरेको थियो। अभियुक्तले दिएको प्रारम्भिक बयानअनुसार थापालाई चरम यातना दिइएको र यातनामा होस गुमाएपछि उनलाई मर्योल भन्दै ज्युँदै गाडिएको तथ्य सार्वजनिक भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार