बच्चाको हत्या गरेको आरोपमा महिलाको शिर काटियो

२७ पुष २०६९, शुक्रबार ०७:२५ मा प्रकाशित

एजेन्सी/ काठमाडौं, २७ पुस । चार महिनाको एक शिशुको हत्या गरेको आरोपमा साउदी अरबमा एक श्रीलङ्काली घरेलु महिला कामदारको शिर छेदन गरिएको छ । साउदी अरबमा बच्चा हेर्ने काममा रहेकी रिजाना नफिक नामकी ती महिलाले सन् २००५ मा आफ्नो जिम्मेवारीमा रहेको शिशुको हत्या गरेको आरोप लगाइएको छ । त्यतिबेला उनको उमेर मात्र १७ वर्षको थियो । मानवाधिकारवादीहरुले उनलाई त्यसरी दण्ड दिइएको घटना अन्तर्राष्ट्रिय मानवअधिकारको चरम उल्लंघन भएको भनी आपत्ति जनाएका छन् । श्रीलङ्का सरकारले पनि उनलाई त्यस्तो सजाय नदिन गरिएको अपिलको साउदी अरबले पूरै उपेक्षा गरेको भनी बिरोध गरेको छ । उता साउदी अरबले भने बच्चाकी आमासँग भएको झगडाको रिसमा बालकको हत्या गरेकोले रिजानााको शिर काटेर सजाय दिनुपरेको स्पष्टिकरण दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर