गोली प्रहार गरी २० लाख लुटियो

२६ पुष २०६९, बिहीबार २१:५७ मा प्रकाशित

काठमाडौं, २६ पुस । महोत्तरी सर्पल्लो–७ बस्ने राजदेव चौधरीको साथमा रहेको नगद २० लाख रुपैयाँ लुटपाट भएको छ । ज.२ प ८६५२ नम्वरको मोटरसाइकलद्धारा जनकपुरबाट सर्पल्लोतर्फ जाँदै गरेको अवस्थामा ३-४ जनाको संख्यामा आएको अपरिचित समूहले गोली प्रहार गरी उक्त नगद लुटेको बताइएको छ । प्रहरीले घटनाका शंकास्पद मडै–७ बस्ने ४० बर्षीय रामसुल नदापलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ । घटनास्थलभन्दा १ सय मिटर पश्चिममा ना.११ प ३६२८ नम्वरको मोटरसाइकलसमेत बेवारिसे अवस्थामा फेला परेको थियो ।
यस्तै,काठमाडौं महानगरपालिका–१३ बाफलमा नवलपरासी जिल्ला रजहर–६ घर भएकी ६० वर्षीया कौशिला सुनारलाई बेहोश बनाई निजको साथमा रहेको धनमाल लुटपाट भएको छ । निजलाई अपरिचित व्यक्तिहरुले वेहोस बनाउने औषधि सेवन गराई निजको साथमा रहेको सुनको बाला १ थान, औंठी ६ आनाको १ थान, कानमा लगाउने रिङ आधा तोलाको २ थान र नगद ४ हजार रुपैयाँ समेत लुटी अभियुक्तहरु फरार रहेको र निजलाई वेहोश अबस्थामा प्रहरीले फेला पारी छाउनी अस्पताल लगी उपचार गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना