माथिल्लो त्रिशुली थर्ड–ए बिरुद्ध प्राधिकरणका कर्मचारीद्धारा आन्दोलनको घोषणा

२६ पुष २०६९, बिहीबार २१:३४ मा प्रकाशित

काठमाडौ, २६ पुस । सरकारले गत पुस १९ गते निर्माणाधीन माथिल्लो त्रिशुली तेस्रो ‘ए’को क्षमता अभिवृद्धि गर्ने भनी गरेको निर्णय फिर्ताको माग गर्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुको पाँच वटा संगठनले राजधानीमा संयूक्त पत्रकार सम्मेलन गरेर एक महिना लामो आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा पुस २६ देखि माघ ४ गते सम्म क्षमता बृद्धिको निर्णय विरुद्ध प्रचार प्रसार र त्यस निर्णयमा संलग्नहरुको भण्डाफोर गर्ने, माघ ४ देखि ११ गतेसम्म कालो पट्टी बाध्ने र निर्णयको विरुद्धमा खुल्ला हस्ताक्षर अभियान सञ्चालन गर्ने, माघ ११ देखि १८ गतेसम्म प्रधानकार्यालयमा एक घण्टा कलम बन्द गर्ने र माघ १८ देखि २५ गतेसम्म विद्युत गृह, सबस्टेशन, काउण्टर, नोलाईट र इमर्जेन्सी बाहेक मुलुक भरीका कार्यालयहरुमा दुई घण्टा कामकाज ठप्प पार्ने लगायतका रहेका छन् ।
लागत, निर्माण समय नबढ्ने गरी ईपीसी मोडलबाट निर्माणको लागि चाईना गेजुवा गु्रप कम्पनी लिमिटेडसँग भएको सम्झौता अनुसार १५ महिनाभित्र निर्माण सम्पन्न हुनेमा ईपीसी मोडलको अन्त्य र विद्युत प्राधिकरणलाई डुवाउने खेलअन्र्तगत क्षमता बृद्धिको निर्णय भएको भन्दै यस्तो योजना कुनै पनि हालतमा सफल हुन नदिने पत्रकार सम्मेलनमा चेतावनी दिइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणका महासचिव दिपरमण अधिकारीले हिउँद याममा बढी विद्युत आपूर्ति नहुने र आयोजनालाई दुई वर्ष पछि धकेलेर लोडसेड्रिको मारलाई अझै बढाउने यो निर्णय कुनै पनि हालतमा नमान्ने बताए । संगठनहरुले क्षमता बृद्धि गर्ने निर्णय बदर गरेर पुरानै सम्झौता अनुसार ६० मेघावाट नै निर्माण गर्नुपर्ने माग गरेका थिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणका कार्यबाहक अध्यक्ष खगेन्द्र शाहीले कमिसनको चलखेलमा विद्युत प्राधिकरणको चार अर्ब रुपैयालाई बालुवामा हालेर प्राधिकरणलाई धरासयी बनाउने षडयन्त्र भईरहेको भन्दै यसका विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी परिषदका अध्यक्ष अमृत खापुङले पहिलो चरणमा एक महिनाको आन्दोलनको कार्यक्रम ल्याएको भन्दै त्यसबाट पनि निर्णय फिर्ता नभए थप कडा संघर्षमा उत्रने चेतावनी दिए ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले विद्युत प्राधिकरण सक्षम भए मात्रै आफूहरुको हित हुने भन्दै प्राधिकरणलाई कमजोर बनाउने कुनै पनि षडयन्त्र सफल हुन नदिने अठोट ब्यक्त गरे । नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियनका अध्यक्ष रामप्रसाद रिमालले कमिसनको लोभमा प्राधिकरणलाई धारासायी बनाउने, कमिसनमा १५ महिनापछि दुई घण्टा लोडसेडिङ घट्ने सम्भावनालाई पर धकेलेर विवादास्पद डिजेल प्लान्ट ल्याउने षडयन्त्र भएको भन्दै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार