‘प्रधानसेनापतिको आगमन’सम्मका लागि फेरि म्याद थप

२६ पुष २०६९, बिहीबार २१:२८ मा प्रकाशित

काठमाडौं, २६ पुस । राजनीतिक दलहरुबीच सहमति हुने विश्वास कसैलाई छैन, तर राष्ट्रपति रामवरण यादवले सहमतिका लागि म्याद दिने उपक्रम भने अझै रोकिएको छैन । सहमतीय सरकार गठनका लागि नावौँ पटक उनले फेरि माघ १ गतेसम्मको समय थप गरेका छन् । बिहिबार शितल निवासमा छलफलका लागि बोलाइएका प्रमुख दलका नेताहरुको आग्रहपछि फेरि म्याद थपिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विश्लेषकहरुले राष्ट्रपति अब ठोस कदम चाल्ने मूडमा छन् तर भारत भ्रमणमा रहेका प्रधानसेनापति गौरव शमशेर जबराको स्वदेश आगमनको प्रतीक्षा उनी गरिरहेका छन् ।

बिहिबार राष्ट्रपतिका प्रवक्ता हरि श्रेष्ठद्वारा जारी म्याद थपसम्बन्धी प्रेस विज्ञप्तीको पूर्णपाठ

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ९१० बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०६९ साल पौष २५ गते बुधबारका दिनसम्म समय थप भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिंदै आज पुनः थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल माघ १ गते सोमबारका दिन सम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार