मल्ल परिवारको ‘गुहार’

२६ पुष २०६९, बिहीबार १३:२१ मा प्रकाशित

पुराना चलचित्रकर्मी कृष्ण मल्ल र शर्मिला मल्ल अब आफ्ना एक मात्र छोरा सक्रिय मल्लको साथमा समाजसेवामा लागिपरेका छन् । मेनेजमेन्ट विषयमा ग्य्राजुएसन सकाएका सक्रियले आफैं पनि समाजसेवामा नामजस्तै सक्रिय हुने कुरा बताए । यसको सुरुवात उनले सोमबार आफ्ना बुबा कृष्ण मल्ल र आमा शर्मिला मल्लको साथबाट गरे ।
मल्ल परिवारले सोमबार औपचारिक रुपमा ‘गुहार’ नामक संस्था खोलेर कामको सुरुवात गरेका छन् । दुई अशक्त वृद्धालाई गुुहारले १०-१० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । मल्लले कार्यक्रम आफ्ना सन्तानको जन्मदिनको अवसर पारेर गरेको कुरा बताए । ‘अरूले जन्मदिनमा के गर्छन् थाहा छैन तर हामीले त समाजसेवा गर्ने अठोट लिएका छौँ,’ उनीहरूको भनाइ थियो ।
कृष्ण मल्लका अनुसार गुहार माध्यम हो र अक्षम, असक्त र असहायहरू सक्षम गुहार पुग्छ । ‘हामी चाँडै गुहार नामक टेलिभिजन कार्यक्रम पनि तयार पार्दै छौँ । एक्लो जीवन बिताएका र अशक्तहरूका लागि कार्यक्रम गुहार माध्यम बन्नेछ । तिनीहरूलाई कार्यक्रममा ल्याएर उनीहरूका लागि आर्थिक सहयोग जुटाउने छौँ,’ कृष्ण मल्लको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो

एजेन्सी । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो विवाहको तयारीमा जुटेकी छन् । उनले चौँथो विवाह ‘ब्याटम्यान’ अभिनेता बेन

काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक

काठमाडौं । यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी

आजको प्रमुख समाचार