गँवारोले बनायो किसानलाई निराश

२६ पुष २०६९, बिहीबार १३:१४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २६ पुस । उत्साहका साथ कफी खेतीमा लागेका अर्घाखाँचीका कृषकहरु दुई बर्षयता निरास बन्दै गएका छन् । आफूले मेहनत गरेर लगाएका कफीका बोटहरु आम्दानी लिने समयमा एकाएक मर्न थालेपछि यहाँका कृषकहरुमा निरासा छाएको हो ।
जिल्लाका किमडाँडा, वाङ्ला, डिभर्ना, ठूलापोखरा, अघार्तो, बल्कोट, केरुङ्गा, चिदिका, मैदान, धारापानी, मरेङलगायतका १५ गाविसका करिव १ हजार २ सय कृषक कफी खेतीमा लागेका छन । कफी खेतीमा लागेका कृषकहरुमध्ये तीन दर्जनभन्दा बढी कृषकहरु व्यवसायिक रुपमै कफी खेतीमा लागेका छन् । मकै खाने बारी र धान खाने खेत बँझाएर कफीका विरुवा लगाएर ४–५ वर्ष मेहनत गरी हुर्काएका कृषकहरु फूल्ने समयमा कफीका बोटहरु मर्न थालेपछि निकै चिन्तित बनेका छन् । सेतो गभारोले कफीको मूल काण्ड खाइदिएपछि बोटहरु मर्ने गरेको कृषकहरुले बताए । दुई बर्षयता जिल्लामा करिव ५ हजार कफीका बोट मरेको कृषकहरुको भनाई छ ।
आफुहरुले कफीका बोटहरु मर्न थालेपछि पटक–पटक जिल्ला कृषि विकास कार्यालयमा आग्रह गरे पनि र्कायालयबाट कुनै सहयोग नपाएको उनीहरुको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक खुबीराम पोखरेले सेतो गभारो देशव्यापी रुपमा लागेको बताउनुभयो । छहारीबिना कफीका विरुवा लगाइएका कारण गभारो लाग्ने गरेको उहाँको भनाई छ । गभारो किराको रोकथामको लागि कार्यालयले कटहर, पिपललगायतका छहारीयुक्त बोट लगाउन प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।
अर्घाखाँचीको कफी विश्वमै उत्तम मानिन्छ । समुन्द्र सतहदेखि ८ सय मिटरमाथिको उचाईंमा लगाइएको र प्राङ्गारिक मलबाहेक अन्य कुनै पनि रसायनिक मल र विषादिको प्रयोगविना लगाइएको र्पूा अर्गानिक कफी भएकाले यहाँको कफीको अमेरिका, जापान, कोरियालगायतका देशहरुमा माग हुने गरेको कफी व्यवसायी समितिका केन्द्रीय सदस्य पुष्कर बन्जाडेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार