नेपाल बारमा सबै समूहको बिजयको दाबी

२६ पुष २०६९, बिहीबार १३:१३ मा प्रकाशित

काठमाडौं, २६ पुस । नेपाल बार एसोसिएसनको आगामी शनिबार हुने नयाँ नेतृत्व चयन लागि हुने निर्वाचनमा प्यानलसहित उम्मेदवारी दिएका तीनवटै समूहले आ–आफ्नो जितको दाबी गरेका छन् ।
प्रजातान्त्रिक समूहको प्यानलको नेतृत्व गरेका शेरबहादुर केसीले कानून ब्यवसायी प्रजातन्त्रको मुल्य मान्यता स्वतन्त्र न्यायपालिका, संबैधानिक सर्वोच्चता र मानवअधिकारको पक्षपाती हुने भएकोले आफूले नेतृत्व गरेको प्रजातान्त्रिक समूहको जित सुनिश्चित हुने दाबी गरे । राजधानीमा आयोजित साक्षात्कारमा केसीले आफूहरुको प्यानलमा महिला, मधेसी, दलित, जनजाती सबैको समानुपातिक प्रतिनिधित्व भएकोले पनि आफ्नो जीत हुने तर्क गरे ।
उनले आफ्नो कार्यकालमा पेशागत हक हित, राज्यका हरेक निकायमा कानून ब्यवसायीहरुको पहुँच सुनिश्चित गर्ने, बरिष्ठतालाई जिल्ला तहसम्म पुर्याउने, रिटक्षेत्रको विस्तार गर्ने, नवआगन्तुक कानून ब्यवसायीहरुलाई सम्बन्धीत फर्मबाट तलबको ब्यवस्था गर्ने, लयर्स एकेडेमिलाई प्रभावकारी बनाउने जस्ता कामहरु गरेर बार एसोसिएसनलाई प्रभावकारी बनाउने योजना समेत साक्षात्कारमा प्रस्तुत गरे ।
मुलुकमा जारी राजनीतिक र संबैधानिक संकट समाधानको एक मात्र उपाय सहमतिको सरकार भएको भन्दै त्यसको लागि दवाव दिन बार एसोसिएसनले दवाव मुलुक कार्यक्रम ल्याउने बताए । मुलुक असफल राष्ट्र हुने दिशामा उन्मुख भएका भन्दै दलहरु फेल भएपछि बार एसोसिएसन अघि बढ्ने स्पष्ट पारे ।
साक्षात्कारमा प्रगतिशिल प्यानलको नेतृत्व लिँदै उम्मेदवारी दिएका हरिकृष्ण कार्कीले आफूहरुले अगाडि सारेको एजेण्डाका कारण पनि आफ्नो प्यानलको जित सुनिश्चित भएको दाबी गरे । उनले बारको संस्थागत विकास, सुदृढीकरण, मानवअधिकार, कानूनी शासन, स्वतन्त्र न्यायपालिका, दण्डहीनताको अन्त्य जस्ता आफ्नो समूहले उठाएको विषय र विगतमा आफूले गरेको उपब्धिमुलक कामको मुल्याङ्कन नै आफ्नो जितको आधार भएको बताए ।
कार्कीले सुरक्षित, मर्यादित अनुशासीत पेशा निर्माण, बारलाई केन्द्रमुखी परम्पराबाट मोफसल मुखि बनाउने, विद्यान संसोधन अधिवेशन आयोजना, बार बेञ्ज जवाफदेहिता, कानूनी सहायता ऐनको कार्यान्वयन, बार काउन्सिल ऐन ल्याउने, नोटरी पब्लिको क्षेत्राधिकार विस्तार, पेशागत तालिमलाई प्रभावकारी बनाउने, जस्ता आफ्नो निर्वाचनको एजेण्डा साक्षात्कारमा सार्वजनिक गरे ।
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई उन्मुक्ति दिलाउन प्रधानमन्त्रीले दिएको निर्देशनको आलोचना गर्दै कार्कीले कानूनी शासनको मान्यता विरोधी कुनै पनि कुरालाई समर्थन गर्न नसकिने स्पष्ट पारे ।
यसैगरी, स्वतन्त्र प्यानलको नेतृत्व गरेका सुरेन्द्र थापा मगरले नेपाल बारको आसन्न निर्वाचन संघीयताविराधी र पक्षधरवीचको लडाई भएको भन्दै यो लडाईमा संघीयता पक्षधर आफ्नो समूहको नै जित हुने दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदानमा ३९ जनाले भोट हालेका छैनन् । केन्द्रीय निर्वाचन आयोगका सदस्य

हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना