नेपाली युवायुवतीलाई रोजगारमूलक तालिम दिने दाबी

२६ पुष २०६९, बिहीबार १३:१० मा प्रकाशित

काठमाडौं, २६ पुस । नेपाली युवायुवतीहरुलाई विभिन्न सीपमूलक तालिम दिएर स्वदेशमै आत्मनिर्भर बनाउने कार्य सुरु भएको छ । मोर्डन वे ट्रेनिङ सेन्टर नामक कम्पनीले यो काम आरम्भ गरेको हो । सेन्टरले नेपाली युवा युवतीहरुलाई आत्मनिर्भर बनाउन सिलाई–बुनाई, रेडियो, घडी, टिभी, मोटरसाइकल, साइकल मर्मत जस्ता सीपमूलक तालिम दिन सुरु गरेको हो ।
कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपालमा सरकारको मुख ताक्ने चलन भएको भन्दै अधिकांश युवा युवतीहरुलाई विदेश जानबाट रोकी सिपमुलक तालिम दिएर स्वदेशमै विभिन्न उद्योग व्यवसायमा काम गर्न सक्षम बनाउने दावी गरियो । नेप्सेका संस्थापक सह–अध्यक्ष तथा मोर्डन वे टेनिङ सेन्टरका कार्यकारी अध्यक्ष वाल्टर डिलरले आप्mनै विचार, शिप र सक्रियताबाट सुरु गरिएको काम गर्ने व्यक्ति नै उद्यमशील व्यक्ति हुने भन्दै आफू त्यस्तै उद्यमशील व्यक्तिहरु निर्माण गरी विदेशिने क्रमलाई न्युनिकरण गर्न लागिपरेको बताए । विदेशमा ३० प्रतिशत कमाई हुँदा पनि काम गरिरहेका छन् भने नेपालमा शत प्रतिशत नै खोज्ने बानीले उद्योगहरुमा काम पाउन कठिन भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार