‘दिमाग बिग्रिए राँची, कर्मचारी बिग्रिए अर्घाखाँची’

२६ पुष २०६९, बिहीबार ०९:०० मा प्रकाशित

मुक्तिनाथ भुसाल/ अर्घाखाँची, २६ पुस ।  जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको नापी कार्यालयका कर्मचारी कामविहीन बनेका छन् । माओवादी द्वन्द्वका पालामा दुई–दुईपटक सदरमुकाम आक्रमण हुँदा नापी कार्यालय पनि आक्रमणमा परेको र सम्पूर्ण नक्सा नष्ट भएको बुझाई सर्वे भए पनि आजसम्म नापी कार्यालयले नक्सा उपलब्ध गराउन नसक्दा समग्र जिल्लावासीले सास्ती व्यहोर्नुपरेको छ ।
माओवादी आक्रमणमा परेको करिब ११ वर्ष बितिसक्दा पनि जिल्लाका नक्सालाई व्यवस्थित गर्न नसक्दा अहिले अर्घाखाँची जिल्ला अस्तव्यस्त बनेको छ र जमिन खरिद–बिक्री गर्दा पनि नक्सा वा कित्ताकाटका लागि नापी कार्यालय जानु नपर्ने कारण आफ्नोे जमिन यकिन कति हो भन्ने कुरा अन्योल बनेको छ । चारैतर्फ सार्वजनिक जग्गामा चलाख व्यक्तिले रजाइँगरे पनि छुट्याउने कुनै आधार छैन । सन्धिखर्क सदरमुकाममा रहेको बागीखोलालाई खेतको कुलोमा परिणत गर्दै पहिला खोलो बग्ने ठाउँमा बस्ती बसाल्ने काम पनि भइरहेको छ । बागीखोला एउटा उदाहरण मात्र हो । जसबाट सर्वेसाधारणको भविष्य सुनिश्चित देखिँदैन । जिल्लामा मालपोत कार्यालय छ तर नापी कार्यालमा काम नभएको कारण सेवाग्राही मर्कामा परेका छन् । नापी कार्यालयमा १३ जना कर्मचारीले राज्यबाट तलब लिए पनि जनताको सेवा गर्न नसकेको तीतो अनुभव सर्वेक्षक देवीप्रसाद सापकोटा बताउँछन् ।
हुन त जतिबेला आक्रमण भएको थियो, त्यतिबेला नै राज्यले चाहेको भए गाविससचिवलाई आधार बनाएर र भूसूचना तथा अभिलेख कार्यालयमा भएको सप्टकपी मगाएर तुरुन्त नक्सालाई पुरानै स्थितिमा ल्याउन सक्दथ्यो । तर, हाम्रो मुलुकको काम गर्ने पद्धति र पुरानै शैलीका कारण थोरै लागतमा सम्पन्न हुन सक्ने चिजलाई भयानक बनाउने र त्यसैमाथि राजनीति गर्ने प्रचलनका कारण करिब तीन लाख जनताको जीवनसँग जोडिएको नापी कार्यालय नक्सा र कामविहीन बनेको छ । राज्यले द्वन्द्वको फाइदा लिँदै ठूलो धनराशिमा अलिशान नापी भवन निर्माण सम्पन्न गरी २०६४÷०६५ मा नापीलाई हस्तान्त्रण ग¥यो । ०६८ मङ्सिर १६ मा विभागबाट निरीक्षण गरी काम सुरु गर्नुपर्नाको कारण देखाउँदै गत मङ्सिर २४ गतेबाट यो कार्यालयमा कर्मचारी खटाएको छ । यो रिपोर्ट तयार गरुन्जेलसम्म १२ जना कर्मचारी विशेष नापी कार्यालयमा आइसकेका छन्, तर काम केही पनि नभएको कारण उनीहरूलाई समय बिताउन गाह्रो परिरहेको छ ।
जिल्लाको पुनः नापी गर्नका लागि कार्यविधि तयार पारी मन्त्रालयमा पठाएको तर अर्थबाट स्वीकृति नभएको कारण काम रोकिएको जानकारी विशेष नापी विभागका अधिकृत सञ्जीवकुमार शाह बताउँछन् । फुलफेज ९७ जना कर्मचारी भएमा चार वर्षमा समग्र जिल्लाको नापी पूरा हुने भए तापनि सेकेन्ड क्लास कर्मचारी नआएको कारण थर्ड क्लास कर्मचारीले गर्न के सक्छन् र ? उनीहरू गुनासो गर्छन् । हाल तपाईंहरू १२ जना हुनुहुँदोरहेछ कामको सुरुवात गर्दा पनि राम्रो हुन्न र भन्ने हाम्रो जिज्ञासाको जवाफमा उनीहरू भन्छन्– पुरानो र हालको नक्सा फरक छ । हामी काम गर्न आतुर छौँ तर अनुमति नभएको कारण काम नै थप्प छ । सबैजना र जवान कर्मचारी भएको कारण खाली बस्न मन लाग्दैन । तर, राज्यले काम नदिएको कारण जागिर छाड्न पनि सकिएन । अर्घाखाँची जिल्ला र अछाम जिल्लाको एउटै केस भएको कारण यसलाई आधुनिक तरिकाले नक्सा तयार गर्न सक्ने हो भने नेपालमै एउटा नमुना बन्न सक्ने थियो तर केही गरेर देखाउने आफूहरूको इच्छा हुँदाहुँदै पनि खुला कैदीको रूपमा दिन बिताउन गाह्रो भएको उनीहरू बताउँछन् ।
कुराकानीकै क्रममा कार्यालयमा बसेको समयमा नक्साको स्थिति हेरौँ भन्नका लागि पनि व्यापक मात्र हुन्थ्यो भने सजिलो हुन्थ्यो तर व्यापक पनि छैन । लोडसेडिङले हैरानी बनाएको छ । रामेछाप, इलाम, पाल्पालगायतका नापी कार्यालयबाट आफूहरू काजस्वरुवामा आए पनि हालसम्म भ्रमणभत्ता राज्यबाट नमिलेको कारण गोजीको पैसाबाट चल्नुपरेको पीडा उनीहरू सुनाउँछन् । मान्छे बिग्रे राँची कर्मचारी बिग्रे अर्घाखाँची भन्ने पुरानो उखानलाई सम्झिँदै यतातिर सरुवा हुनासाथ केन्द्रमा भेटी चढाउन जानुभएको भए त यो जिल्लामा आउनुपर्दैनथ्यो नि ? भन्ने जिज्ञासाको जवाफमा उनीहरूले हाँस्दै भने– भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गतका माननीयमन्त्री टोपबहादुर रायमाझी, मन्त्रालय सचिव सुशील घिमिरे र स्थलरूप नापी महाशाखाका महानिर्देशक मधुसुधन अधिकारीलाई अर्घाखाँची जिल्लाले जन्म दिएको कारण उहाँहरूको जिल्लामा गई राम्रो काम गरेर देखाएमा आफूहरूको भविष्य उज्ज्वल हुने हाम्रो सोचाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार