महासेनानी लामालाई पक्राउन मुख्य भूमिका कसको ?

२६ पुष २०६९, बिहीबार ०८:१६ मा प्रकाशित

काठमाडौं, २६ पुस । नेपाली सेनाका महासेनानी कुमार लामालाई मानवअधिकार लल्लङ्घनको कथित आरोपमा पक्राउ गरिएपछि बेलायतको नेपाली नीतिप्रति व्यापक खोजीनिती सुरु भएको छ । यस क्रममा बेलायतले युद्धकालमा नेपालका माओवादीलाई युद्धस्थलमै पुगेर सञ्चार उपकरण तथा नगदसमेत उपलब्ध गराएको तथ्य फेला परेको छ । प्राप्त जानकारीअनुसार काठमाडौंस्थित बेलायती दूतावासको समन्वयमा ब्रिटिस थल सेनाका बहालवाला एक कर्णेलले ०६० सालमा बाग्लुङ पुगेर स्याटलाइट फोन तथा अन्य केही उपकरण र नगदसमेत युद्धरत माओवादीलाई उपलब्ध गराएका थिए । पोखराबाट बाग्लुङसम्म टे«किङ जाने भनी गएको थल सेनाका कर्णेल बाग्लुङ पुगेपछि प्रहरी प्रशासनको आँखा छलेर एकाएक ‘बेपत्ता’ भएका थिए । उनले बाग्लुङको बुर्तिवाङ आसपास गएर उपकरण तथा नगद उपलब्ध गराएको नेपाली सेनाको डीएमआईले पत्ता लगाएको थियो । ज्ञातव्य छ, नेपालमा डिफिड नामक ब्रिटिस एजेन्सीले विगत केही वर्षदेखि नै शङ्कास्पद क्रियाकलाप गर्दै आएको छ । डिफिडले नेपालमा जातीय सद्भाव बिथोल्नका लागि केही जाति र क्षेत्रविशेषसँग सम्बन्धित गैरसरकारी संस्थामार्फत अर्बौं लगानी गरिरहेको तथ्य पनि यसअघि नै सार्वजनिक भइसकेको छ । महासेनानी कर्णेललाई पक्राउ गर्न मुख्य भूमिका निर्वाह गर्ने मन्दिरा शर्मा नामक महिला पनि डिफिडकै ‘पे रोल’ मा रहेको सुरक्षा निकायको रेकर्डमा उल्लिखित छ । मन्दिरा आफू माओवादी भएको दाबी गर्ने गर्दछिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति