लस एन्जलसमा ३७ औं मेलमिलाप दिवस भब्य रुपमा मनाइयो

२६ पुष २०६९, बिहीबार ०२:५० मा प्रकाशित

गोकुल ढकाल लस एन्जलस, अमेरिका । नेपाली जनसम्पर्क समिति लस एन्जलसको च्याप्टरको आयोजनामा जननेता बि पि कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा ३७औं राष्ट्रिय मेलमिलाप दिवस भब्य रुपमा सम्पन्न गरेको छ। लस एन्जलस क्षेत्रको आर्टेसिया नगरमा सम्पन्न कार्यक्रममा अमेरिका भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्व सभासद तथा नेपाली जनसम्पर्क समिति समन्वय बिभागका प्रमुख अर्जुनप्रसाद जोशी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा जनसम्पर्क समिति लस एन्जलस च्याप्टरकी अध्यक्ष टीका चौधरी, प्रमुख अतिथि अर्जुनप्रसाद जोशी, पूर्व सांसद तिर्थराज भुशाल, जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हेमराज भट्ट, सम्पर्क समिति लस एन्जलस च्याप्टरका सल्लाहकारहरू मुकुन्द ढुंगाना, बासुदेव घिमिरे र राम लामा, श्रीपशुपती फाउन्डेशनका अध्यक्ष भक्त थापा, एनआरएन अमेरिकाका कोषाध्यक्ष राजेन्द्र सिवाकोटी, मगर समाजका अध्यक्ष बखान थापा, गुरुङ समाजकी अध्यक्ष तारा गुरुङ, नेवा समाजका अध्यक्ष दिल बहादुर श्रेष्ठ, एएनस अध्यक्ष रबिन्द्र प्रधान, इन्जिनियर कन्हैया कायस्थ र डा. लोकमणि भन्डारीको आसन ग्रहणबाट शुरु भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुखहरु, प्रतिनिधि-पदाधिकारीहरु, ब्यापारीहरु, पत्रकारहरु र लस एन्जलस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको बाक्लो उपस्थिती रहेको थियो।

नेपाली कांग्रेसका दिवंगत नेता तथा शहिदहरूको सम्झनामा एक मिनेट मौनधारणबाट शुरु भएको कार्यक्रममा संस्थाकी अध्यक्ष चौधरी र प्रमुख अतिथि जोशीले नेपाली कांग्रेसका दिवंगत नेताहरूको तस्विरमा माल्यार्पण गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय मेलमिलाप दिवसको अवसर र स्थानिय संघ-संथाहरू र ब्यक्तिगत मिलापको एकता कार्यक्रममा उपस्थित आगन्तुकहरूलाई च्याप्टरका उपाध्यक्ष गोकुल ढकालले स्वागत मन्तब्य राखेका थिए। आ-आफ्ना विचार राख्ने क्रममा डा. लोकमणी भन्डारी, पुर्व सांसद तिर्थराज भुषाल, सम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हेमराज भट्टले बि पि को मेलमिलाप नितिलाई स्थानिय तवरमा लागु गर्दै समाज बनाउन सबैले बिलापको शत्रु नभै ‘मेलमिलाप’ को एकता शुत्र अबलम्बन गर्नुपर्ने बिचार राख्नुभएको थियो।

प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व सभासद अर्जुनप्रसाद जोशीले नेपालमा संबिधान निर्माण नहुनाका कारणहरु, अहिलेको अबस्थामा नेपाली कांग्रेसको भूमिका, संसारभर फैलिएको नेपाली कांग्रेसको संगठन नेपाली जनसम्पर्क समिति, यसका विवाद सामाधानका उपाय, प्रयास र प्रगतिबारे प्रकाश पार्दै लस एन्जलस क्षेत्रमा सक्रिय सम्पुर्ण नेपाली संस्थाहरूको एकताको यो उपस्थितीलाई धन्यबाद् दिदैं मेलमिलापको नितिले नेपाली एकताको यो स्थानिय बलले मातृभूमी नेपालको मायालाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो।

च्याप्टरका महासचिव गंगाबहादुर बस्नेतले संचालन गर्नुभएको कार्यक्रमको समापन गर्दै कार्यक्रमकी सभापती तथा च्याप्टरकी अध्यक्ष टीका चौधरीले संस्था र नेपालीहरू बीचको बैमनश्यता आजको यहि मेलेमिलाप कार्यक्रमबाट हटाउंदै हिजो भएका गल्तिहरूलाई बिर्सन आग्रह गर्नुभएको थियो। स्थानिय संघ-संस्था र नेपालीहरूको एक्मुस्ट बलले नै प्रवासी नेपालीहरूको समस्या सामाधान गर्न टेवा पुग्ने बताउदै अध्यक्ष चौधरीले तीता अनुभव र संस्थाहरूको पानी बराबरको स्थितिलाई ३७औं मेलमिलाप दिवसले निमिट्यान्न पारेको बताउदै आगामी दिनमा बिगत सुधार्दै सबैसंग हातेमालो गर्दै एक भएर जान आतुर भएको बताउनुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार