नदी तटबन्ध निर्माणका लागि भारतद्वारा २५ करोड सहयोग

२५ पुष २०६९, बुधबार २१:५० मा प्रकाशित

काठमाडौं, २५ पुस । लालबकैया, बागमती र कमला नदीमा तटबन्ध निर्माणका लागि भारतले नेपाललाई २५ करोड ७० लाख सहयोग प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत जयन्त प्रसादले सहयोगको सो रकम चेकमार्फत सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्य डुबान र बाढी व्यवस्थापनसम्बन्धी भारत–नेपाल संयुक्त समितिको छैटौँ बैठकको निर्णयबमोजिम हुन लागेको हो ।
भारतले लालबकैया, बागमती र कमला नदीमा तटबन्ध मजबुत तथा विस्तार गर्न नेपाललाई वर्षेनी सहयोग प्रदान गर्दै आएको छ । पछिल्लो सहयोग रकमसहित हालसम्म यी नदी र अन्य तटबन्ध निर्माण कार्यका दुई अर्ब ५४ करोड ३० लाखको आर्थिक सहयोग भारतबाट नेपाललाई हासिल भइसकेको छ ।
यस अतिरिक्त मित्रराष्ट्र भारतले नेपालका त्रिजुगा, लखनदेई, सुनसरी, कन्काई र कालीगण्डकी नदीहरूमा बाढी नियन्त्रण कार्यका लागि १८ करोड १३ लाख ७० हजार तथा गगन नदीका लागि नौ करोड ५२ लाख अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ । स्मरण रहोस्, त्रिजुगा, कन्काई र लखनदेई नदीहरूमा बाढी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार