कानुन व्यवसायीको निर्वाचनमा कडा प्रतिष्पर्धा हुने

२५ पुष २०६९, बुधबार २१:४७ मा प्रकाशित

काठमाडौं, २५ पुस । कानुन व्यवसायीहरूको प्रतिष्ठित संस्था नेपाल बार एसोसिएसनको नेतृत्व चयन यही पुस २८ गते हुने भएको छ । नेतृत्वका निम्ति लोकतन्त्र पक्षधर र कम्युनिस्ट समर्थकहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । लोकतन्त्र पक्षधर कानुन व्यवसायीहरूको प्यानलको नेतृत्व ख्यातिप्राप्त अधिवक्ता शेरबहादुर केसीले गरेका छन् भने अर्को पक्षको नेतृत्व अधिवक्ता हरिकृष्ण कार्कीले गरेका छन् । बार एसोसिएसनका विभिन्न पदमा रही काम गरिसकेका केसी यसअघि बारका उपाध्यक्ष थिए । संस्थामा बसेर लामो समयदेखि काम गरेका कारण उनलाई संस्थाका बारेमा अनुभवी र परिपक्व उम्मेदवार मानिएको छ । कानुन व्यवसायीहरूबीच निकै लोकप्रिय केसीका पक्षमा स्वतन्त्र कानुन व्यवसायीसमेत रहेको बताइन्छ । प्रजातन्त्रवादी समूहले पेसागत मार्यादा, बारको संस्थागत विकास एवम् सुदृढीकरण तथा व्यावसायिक हकहितका लागि स्वतन्त्र न्यायपालिकालाई विशेष जोड दिएको छ ।
शेरबहादुर केसीको नेतृत्वमा रहेको लोकतन्त्रवादी प्यानलका उपाध्यक्षहरूमा जनक पाण्डे (पूर्वाञ्चल), मिथिलेशकुमार सिंह (मध्यमाञ्चल), विश्व घिमिरे (पश्चिमाञ्चल), वीरबहादुर रोकाय (मध्यपश्चिमाञ्चल), नाथुराम महतो चौधरी (सुदूरपश्चिमाञ्चल) रहेका छन् । यसैगरी महासचिवमा सुनिलकुमार पोख्रेल, कोषाध्यक्ष मोहन इङ्नाम छन् भने सदस्यहरूमा गजेन्द्रशंकर तिमिला, गणेशप्रसाद अधिकारी, सागर विष्ट, प्रसन्नकृष्ण दास, नागेन्द्र यादव, बिनिता कार्की, राजु कटुवाल, ठाकुरप्रसाद आचार्य र लक्ष्मीदेवी दाहाल रावल रहेका छन् ।
यता हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको प्रगतिशील समूहको उपाध्यक्षहरूमा बालकुमार गुप्ता (पूर्वाञ्चल), टीकाराम भट्टराई (मध्यमाञ्चल), अनिता गुरुङ (पश्चिमाञ्चल), पदम बोफिम (मध्यपश्चिमाञ्चल) र राजेन्द्रबहादुर साउद (सुदूरपश्चिमाञ्चल) रहेका छन् । यसैगरी महासचिवमा दीनमणि पोख्रेल र कोषाध्यक्षमा हरिन्द्र प्रसाईं रहेका छन् ।
प्राप्त जानकारीअनुसार काठमाडौंबाहिर लोकतन्त्र पक्षधरहरू करिब पा“च सय मतले अगाडि देखिएका छन् । काठमाडांैमा लोकतन्त्र पक्षधरको १८ सय ३० मत र प्रगतिशीलको १८ सय ४६ मत देखिएको छ । सर्वोच्च बार र ललितपुर बारको मत परिणाम निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ । आठ हजार दुई सय ९५ मतदाता रहेको बारको यो २३औ“ निर्वाचन हो । १७ जनाका लागि हुन लागेको यो निर्वाचनका लागि ५४ प्रतिस्पर्धी रहेका छन् भने ३३ स्थानमा मतदान केन्द्रहरू रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

आजको प्रमुख समाचार