चिसोका कारण रुपन्देहीका विद्यालय बन्द

२५ पुष २०६९, बुधबार २१:४५ मा प्रकाशित

रुपन्देही, २५ पुस । लगातारको चिसो र शीतलहरले तराईको जनजीवन कष्टकर भएको छ । तराई क्षेत्रमा पुस लागेदेखि नै चिसो बढेको हो । चिसोले तराईका अधिकांश जिल्लाहरु प्रभावित भएका छन् । तराईमा लामो समयदेखि घाम लागेको छैन । बाक्लो हुस्सु र चिसो हावाले जनजीवन कष्टकर भएको छ । चिसोका कारण रुपन्देहीका सरकारी तथा निजी विद्यालयहरु कन्द भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(पयाब्सन), एन प्याब्सन, सामूहिक विद्यालय परिवार र सरकारी विद्यालयहरुमा विदा दिइएको छ । बालबालिकाहरुलाई चिसोको जोखिमबाट बचाउन स्थानीय बिदाबाट कट्टी हुने गरी पुस मसान्तसम्मका लागि बिदा दिइएको शिक्षा कार्यालयले जनाएको छ ।
माघ १ गते पनि सार्वजनिक विदा परेकाले अब यहाँका बिद्यालयहरु माघ २ गते मात्र खुल्ने छन् । रुपन्देहीमा सबैभन्दा बढी चिसोको दिन गत आइतबार कायम भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार