तातोपानीमा ग्लोबल आईएमई

२५ पुष २०६९, बुधबार २१:४२ मा प्रकाशित

काठमाडौं, २५ पुस । सञ्चालनको छैटौँ वर्ष पूरा गरी सातौँ वर्ष प्रवेश गरेको अवसर पारेर ग्लोबल आईएमई बैंकले तातोपानी (सिन्धुपाल्चोक)मा आफ्नो ६३औँ शाखा स्थापना गरेको छ । शाखा स्थापनाको अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शाखा विस्तारको उद्देश्य विशेषगरी तातोपानी भन्सार नाकाबाट हुने नेपाल र चीनबीचको व्यापार प्रवद्र्धनमा सहयोगी भूमिका खेल्नु रहेको उल्लेख गर्दै सोको निमित्त एग्रिकल्चर बैंक अफ चाइनासँग सहकार्यसमेत गरिसकेको जानकारी दिनुभयो ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले छोटो अवधिमै बैंकले आफ्नो अलग पहिचानसहित शाखा कार्यालयहरूको विस्तार एवम् उच्च प्रविधियुक्त सेवा र अत्याधुनिक बैंकिङका लागि परिचित गराउन सफल भएको बताउनुभयो । स्थापना भएको ६ वर्षको छोटो अवधिमा ग्लोबल आईएमई बैंकको ग्राहक खाता सङ्ख्या तीन लाख पुगिसकेको उक्त बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

आजको प्रमुख समाचार