करातेका रेफ्री तथा खेलाडी सम्मानित

२५ पुष २०६९, बुधबार २१:४० मा प्रकाशित

काठमाडौं, २५ पुस । हङकङमा गत डिसेम्बरमा भएको १३औँ एसिया प्यासिफिक कराते प्रतियोगितामा पदक ल्याउने खेलाडी तथा सेमिनारमा उत्तीर्ण भएका रेफ्रीहरूलाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुर जिल्ला सितेरियो कराते सङ्घद्वारा आयोजित कार्यक्रममा नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले कुमुते रेफ्रीमा ‘बी’ र काटामा ‘ए’ उत्तीर्ण हुन सफल कराते रेफ्री काउन्सिल नेपालका संयोजक एवम् वरिष्ठ कराते प्रशिक्षक प्रकाशमोहन धौभडेललाई खादा ओडाएर सम्मानपत्रले सम्मान गरेका थिए ।
त्यस्तै जज ‘बी’ उत्तीर्ण कराते प्रशिक्षक राधिका देउला र प्रतियोगितामा कुमुतेतर्फ रजत र कातातर्फ कास्य पदक विजेता करातेका अन्तर्राष्ट्रिय खेलाडी मन्डेकाजी श्रेष्ठलाई पनि अध्यक्ष गुरुङले खादा ओडाएर सम्मानपत्रसहित सम्मान गरेका थिए । उक्त अवसरमा अध्यक्ष गुरुङले ओलम्पिक खेलमा कराते खेललाई समावेश गराउने पहल भइरहेकाले सन् २०२० सम्ममा नेपालले पदक ल्याउने उद्देश्यसहित महासङ्घले कार्य गरिरहेको बताए । कार्यक्रममा पुरस्कृत कराते रेफ्री काउन्सिल नेपालका संयोजक प्रकाशमोहन धौभडेलले कराते खेलको विकास र विस्तार गर्न काउन्सिलले देशका पाँच विकास क्षेत्रमा प्रशिक्षक, रेफ्री तथा प्राविधिकहरूको कार्यशाला गर्न लागेको जानकारी दिए । भक्तपुर जिल्ला सितेरियो कराते सङ्घका सचिव एवम् कार्यक्रम संयोजक रामशरण ट्वाटीले कभर्डहलको अभावमा धेरै ठाउँमा जस्तै भक्तपुरमा पनि कराते प्रशिक्षण गर्न समस्या भइरहेको बताए । कार्यक्रममा नेपाल किकबक्सिङ सङ्घका केन्द्रीय सहसचिव, भक्तपुर सितेरियो कराते सङ्घका सदस्य सूर्यबहादुर लामा, रवीन्द्रप्रताप शाह, रविन्स लामालगायतले कराते खेलको विकासका लागि व्यवस्थित र आधुनिक कभर्डहलको व्यवस्था हुनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी

काठमाडौं । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को

काठमाडौं।रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज