गैरकानुनी रुपमा इँटा उद्योग खुल्ने क्रम बढ्यो

२५ पुष २०६९, बुधबार १४:३८ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही २५ पुस । कपिलवस्तुमा गैरकानुनी ईंट्टा उद्योग खुल्नेक्रम बढ्दै गएको छ । प्रभावकारी अनुगमन तथा उनीहरुलाई कानूनी दायरामा नल्याईंदा त्यसप्रकारका उद्योग खुल्ने क्रम बढेको हो । दर्तावाल ईट्टा व्यवसायीका अनुसार जिल्लामा अधिकांश ईंट्टा उद्योग गैरकानूनी रुपमा सञ्चालित छन । इजाजत नलिई सञ्चालित हँुदा सरकारलाई बार्षीक लाखांै रुपैयाँ राजश्व घाटा भइरहेको छ । सरोकार राख्ने निकायको प्रभावकारी अनुगमन र लापरवाहीका कारण दर्ता नै नगरी त्यस्ता उद्योग सञ्चालित छन । इंट्टा उत्पादन सिजन सुरु भएसंगै त्यस्ता उद्योग खुल्नेक्रम समेत बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा जिल्लाभरमा पाँच दर्जन घरेलु उद्योगका रुपमा दर्ता रहेका छन । घरेलुमा दर्ता भएका उद्योग आन्तरिक राजश्व कार्यालयमा आबद्ध भएका छैनन । आन्तरिक राजश्व कार्यालय, कृष्णनगरमा जिल्लाभरका २८ दर्ता भएको र २२ वटाले नवीकरण गराएका छन । जबकी जिल्लाको महाराजगंज गाविसमा मात्र १५ भन्दा बढी र्इंटा उद्योग सञ्चालनमा रहेका छन । जिल्लामा सयभन्दा बढी ईंटा उद्योग गैरकानूनीरुपमा सञ्चालित रहेको स्रोेतले जनाएको छ । जसमा जिल्लास्तरीय नेतादेखि पूर्वसभासद्सम्मका छन । आन्तरिक राजश्व कार्यालय स्रोेतले इजाजत नदिइ गैरकानूनीरुपमा ईंटा उद्योग सञ्चालन भइरहेको बताएको छ । आवश्यक सूचना र जनशक्तिको अभावका कारण गैरकानूनी ईंटा उद्योगलाई कानुनको दायरामा ल्याउन नसकिएको आन्तरिक राजश्वका कर अधिकृत सुर्य सर्खालीले बताउनुभयो । उहाँले फिल्डमा गएर ईंटा उद्योगमा सोद्धा मालिक नभएको र कतिपयले बाहिर गएको भन्दै वास्तविक सूचना दिन नमान्दा समस्या परिरहेको बताउनुभयो । जनशक्ति थोरै सबै कर्मचारी फिल्डमै गए कार्यालयको काम प्रभावित हुने हँुदा समस्या भइरहेको बताउनुभयो । त्यस्तै जनशक्ति र सवारी साधनका कारणका राम्ररी अनुगमन गर्न नसकिएको घरेलु र्कायालयका अधिकृत मनोजकुमार सैनीको भनाई छ । गैरकानूनीरुपमा ईंटा उद्योग सञ्चालन भइरहेकोले उजुरी पनि नपरेका कारण समस्या भइरहेको उहाँले बताउनुभयो । दर्ताबिनाका उद्योग सञ्चालन र्गनेलाई ५ लाखसम्म जरिवाना गर्नसक्ने नियम रहेपनि घरेलुले कसैलाई कारवाही गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार