प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध पत्रकार महासंघ सडकमा

२५ पुष २०६९, बुधबार १४:३१ मा प्रकाशित

काठमाडौ, २५ पुस । पत्रकारका हत्यारालाई गिरफ्तार गरेर बयान लिन थालेकोमा आपत्ति प्रकट गर्ने प्रधानमन्त्रीवरुद्ध नेपाल पत्रकार महासंघ सडकमा उत्रिने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले अभियुक्तको बयान लिने कार्य बन्द गर्न निर्देशन दिएके बिरुद्धमा आज बुधबार साँझ नयाँ बानेश्वरमा प्रदर्शन गर्ने भएको छ । पत्रकार महासंघको आकस्मिक बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति तथा उनकै निर्देशनमा दैलेखमा अनुसन्धान प्रक्रिया रोकिएकोप्रति बिरोध गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री भट्टराईले मंगलबार एक कार्यक्रममा डेकेन्द्र हत्या प्रकरणमा तत्कालिन माओवादी कार्यकर्ता पक्राउ परेको विषयलाई लिएर आक्रोश ब्यक्त गरेका थिए । उनले पक्राउ गरिनुलाई शान्ति प्रक्रिया बिथाल्ने षडयन्त्र भएको दावी गरेका थिए । उनले ‘मानवाधिकारवादी भनाउँदाहरुको उक्साहटमा लागेर’ भन्ने वाक्यसमेत प्रयोग गरेर अभियुक्तमाथि भइरहेको कारबाहीप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

यसैक्रममा सशस्त्र द्वन्द्वयता पत्रकार कृष्णसेन इच्छुक देखि यादव पौडेलसम्म हत्याका तथा बेपत्ताका सबै घट्नाको छानविनका लागि उच्च स्तरीय न्यायीक आयोग गठनको माग पनि महासंघको बुधबारको बैठकले गरेको छ । सबै घट्नाका दोषीलाई न्यायीक कठघरामा उभ्याउन माग गर्दै पुस २७ गते महासंघले देश व्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९