केन्द्रीय बैंक एमालेकरणको शिकार !

२५ पुष २०६९, बुधबार १०:०४ मा प्रकाशित

काठमाडौं, २५ पुस । मुलुकको बैंकिङ क्षेत्रमा फैलाइएको त्रास र आतङ्कको ताप स्वयम् केन्द्रीय बैंकमा पनि पर्न थालेको छ । गभर्नर युवराज खतिवडाको बहुदलीय जनवादसहितको खरो एमाले नीतिका कारण अहिले राष्ट्र बैंकमा बल्खु दरबारमा भन्दा बढी एमालेकरणको लहर चलेको छ । सम्पूर्ण तहको बढुवा, सरुवा र विदेश तालिममा एमाले समर्थकलाई रोजी–रोजी र खोजी–खोजीको मापदण्ड अपनाइएको छ भने अन्यलाई बचेखुचेकोमा चित्त बुझाउन अघोषित रूपमा चेतावनी दिइएको छ । यसको सिकार पछिल्लोपल्टको निर्देशक, उपनिर्देशक र सहायक निर्देशकहरूको सरुवामा प्रजातन्त्रवादी समर्थक कर्मचारीहरूमाथि गरिएको विभेदबाटै देखिएको छ ।
नियमानुसार वरिष्ठताको आधारमा सरुवा गरिनुपर्ने उपनिर्देशक भीष्म उप्रेती, अशोक पौडेल र रोशन सिग्देललाई केन्द्रीय कार्यालयको महत्वपूर्ण विभागमा राखिएको छ भने विगतमा एकपटक उपत्यकाबाहिरको कार्यालयमा लामो समयसम्म बसेर आइसकेका कनिष्ठ उपनिर्देशकहरूलाई एकाएक गलहत्याइएको छ । त्यसैगरी काठमाडौंबाहिरका सातवटा शाखामा यतिखेर मेनेजरहरू पनि सबै प्रजातन्त्र समर्थकहरूलाई पठाइएको छ । पालोमा आएका एमाले समर्थित निर्देशकहरूलाई नियमनलगायतका विभागमा लामो समयसम्म राखेर बैंकिङ क्षेत्रलाई पार्टीकरण गरिएको छ ।
त्यसैगरी उपनिर्देशकहरूको सरुवामा सार्वजनिक रूपमै एमालेको जिल्ला, इलाका र अञ्चलस्तरीय कमिटीमा रही कार्य गर्नुपर्ने भएकोले भन्दै केही कर्मचारीलाई नियमविपरीत एउटै कार्यालयमा पनि राखिएको छ । पोखरास्थित कार्यालयमा आजभन्दा २५ वर्षअघि सहायक पदमा नियुक्ति लिएर आजसम्म अन्य कार्यालयमा सरुवा नभएका वृहस्पति अधिकारीलाई पोखरामै पदस्थापन गरिएको छ । एमाले कास्की जिल्ला कमिटीको बुद्धिजीवी इलाका कमिटीको अध्यक्ष भएका कारण निजलाई सोही कार्यालयमा पदस्थापन गर्न र कुनै काङ्ग्रेसी कर्मचारीलाई अन्यत्र लैजान स्वयम् गभर्नरले निर्देश गरेको समाचार स्रोतले बताएको छ । सोहीबमोजिम अनाहकमा अर्को कर्मचारीलाई काठमाडौं सरुवा गरेर अधिकारीलाई पोखरामै थमौती गरिदिएका छन् । उता अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालय वासिङ्गटन डिसीमा दुई वर्ष रजगज गरेर आर्थिक सम्पन्नता हासिल गर्ने पदमा यसपटक पनि गभर्नरले एमालेनिकट निर्देशकलाई वचन दिइसकेको बताइएको छ । सुपरीवेक्षण क्षेत्रमा कार्यरत निर्देशकलाई अमेरिका पठाउन गभर्नरले आवश्यक कदम आगामी फेबु्रअरी/मार्चभित्र चाल्ने सङ्केत दिइसकेका कारण यतिखेर केन्द्रीय बैंकका अधिकांश कर्मचारी वृत्ति विकास र अवसरबाट वञ्चित हुनुपर्ने भयले थप निराश देखिएका छन् । जसको सोझो असर आगामी दिनमा बैंकिङ क्षेत्रको सुशासन र प्रभावकारी अनुगमनमा देखिने निश्चित छ । तर, नियमनको बागडोर सम्हालेर बसेका गभर्नर भने निरोझैं रोम जलिरहे पनि मस्त देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

आजको प्रमुख समाचार