मोदी जलविद्युत आयोजना निर्माणकोलागी कोरियन कम्पनीसँग सम्झौता

१४ चैत्र २०६८, मंगलवार १४:४१ मा प्रकाशित

काठमाडौ, १४ चैत । करिब ४७ मेगावाट विद्युत् उत्पादन हुने माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाका लागि कोरियन कम्पनी कोरिया वाटर रिसोर्सेस कर्पोरेसन (के–वाटर) र नेपाल विद्युत् प्राधिकरणबीच सहमति भएको छ । राजधानीमा भएको कार्यक्रममा के–वाटरका उपाध्यक्ष वायोयुङ हुनर युन र प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक टीकाराम बिसिले सार्वजनिक निजी साझेदारीमार्फत् आयोजना अगाडि बढाउने सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ र सचिव हरिराम कोइरालाको उपस्थितिमा सम्झौता भएको हो । आयोजना गण्डकी अञ्चलको पर्वत र कास्की जिल्लाको सिमाना नदी मोदी खोलामा अवस्थित ‘रन अफ द रिभर’ आयोजना हो । आयोजनाअन्तर्गत खोलाको पानी फर्काउनका लागि बाँध राखी विद्युत् उत्पादन गर्न चाहिने १८.५० क्यूसेक पानी ६ हजार ८५ मिटर लामो सुरुङ मार्ग हुँदै स्याउनेबजार विद्युत् गृहमा खसाल्ने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । असार अन्तिम हप्तासम्म देशभर ४५ प्रतिशत धान रोपाइँ भएको छ । बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार