सोनीले ल्यायो पानीले धुन मिल्ने स्मार्ट फोन

२५ पुष २०६९, बुधबार ०९:५० मा प्रकाशित

एजेन्सी/ सोनी कम्पनीले हालै यस्तो मोबाइल स्मार्ट फोन बजारमा ल्याएको छ जसलाई पानीबाट कुनै खतरा हुँदैन । एक्सपिरीया जेड नाम दिइएको उक्त एण्ड्रोइड सिस्टमको फोनलाई पानीले धुन पनि सकिन्ने, साथमा राखेर नुहाउन पनि मिल्ने कम्पनीले जनाएको छ ।
जपानमा साथमा बोकेको मोबाइल पानीमा भिज्नु साधारण कुरा हुन्छ, तर विश्वका अन्य मुलुकमा प्रयोगमा ल्याइएका स्मार्ट फोनमा अहिलेसम्म यो फिचर सामेल भएको छैन ।
सोनीले दाबी गरेअनुसार पाँच इन्चको स्क्रीन भएको यो फोनलाई  गहिरो पानीमा तीस मिनेटसम्म डुबाइराख्दा पनि यसमा पानी पस्दैन । नुहाएको समयमा फिल्म हेर्न मन लागे आरामले फिल्म हेर्दै नुहाउन मिल्छ । फोन मैलो भएमा यसलाई साबुन पानीले मिची–मिचीकन पखाल्न मिल्छ । यस फोनमा १३ मेगा पिक्सलको क्यामेरा फिट गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै

काठमाडौँ । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने

काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट)

आजको प्रमुख समाचार