वैद्य माओवादीको महाधिवेशनले बाबुराम–प्रचण्डलाई गद्दार घोषणा गर्ने !

२५ पुष २०६९, बुधबार ०८:४७ मा प्रकाशित

काठमाडौं, २५ पुस । माओवादी आन्दोलनको मूलधार मानिने नेकपा–माओवादीको सातौँ महाधिवेशन आजबाट सुरु हुन लागेको छ । आगामी २९ गतेसम्म हुने महाधिवेशनले एमाओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराइलाई गद्दारी गरेको आरोप लगाउँदै नवसंशोधनवादी करार दिने निश्चित भएको बुझिएको छ ।
प्रचण्ड र बाबुरामकै कारण नेकपा माओवादी नेतृत्वको जनआन्दोलन उपलब्धिविहीन भएको भन्दै यी दुई नेताको भ्रममा नपर्न सम्पूर्ण नेपाली जनतालाई महाधिवेशनबाटै अपिल गरिने तयारी रहेको नेकपा–माओवादकिा एक नेताले बताए । पार्टी अलग हुनुमा पनि प्रचण्ड–बाबुराम नै प्रमुख कारण भएको निष्कर्ष महाधिवेशनले निकाल्नेछ भने एक तिहाईभन्दा बढी लडाकु आफ्नो पार्टीमा आबद्ध रहेको भन्दै महाधिवेशनबाट आफूलाई नेपालको ठूलो कम्युनिस्ट पार्टीको रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने महाधिवेशनमा पूर्वलडाकु तथा जनस्वयम्सेवक ब्युरोबाट मात्र चार सयभन्दा बढी प्रतिनिधि सहभागी रहनेछन् । उनीहरू विभिन्न राज्य समितिको प्रतिनिधित्व गर्दै महाधिवेशनमा सहभागी हुन लागेका हुन् । स्रोतका अनुसार स्वेच्छिक अवकाश रोजेकालाई पार्टीमा सहभागी गराउने विशेष योजना रहेकाले उनीहरूलाई महाधिवेशनमा सहभागी गराइएको छ ।
पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार १६ सय प्रतिनिधि तथा बाँकी चार सय जनसांस्कृतिककर्मी तथा स्वयम्सेवकको सहभागिता रहनेछ । महाधिवेशनमा १३ वटा भूगोल तथा सातवटा केन्द्रीय गरी २० वटा राज्य समितिका प्रतिनिधिको सहभागिता रहनेछ, त्यसमा पार्टीका लडाकु तथा जनस्वयम्सेवक ब्युरोका सदस्यहरू पनि प्रसस्तै रहेका छन् । नेतृ भुसालले थपिन्, ‘महाधिवेशनमा युवाहरूको बाहुल्य रहनेछ, यही महाधिवेशनबाट सबैभन्दा धेरै युवाको सहभागिता रहेको पार्टीका रूपमा प्रस्तुत हुनेछ ।’
पचास हजारभन्दा बढी पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा राजधानीको खुलामञ्चमा गरिने उद्घाटन कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी, कोरिया, क्युवा, भेनेजुयलालगायतका विभिन्न २० भन्दा बढी मुलुकका कम्युनिस्ट प्रतिनिधिहरूको सहभागिता रहनेछ । उनले भनिन्, ‘नेपालको सच्चा कम्युनिस्ट पार्टी हामी मात्र भएकोले विश्वका सबै कम्युनिस्टहरूले यस महाधिवेशनमा सहभागिता जनाउनेछन् ।
यसैगरी उद्घाटन कार्यक्रममा आफ्नो पुरानो पार्टी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा मातृका यादवको नेकपा माओवादीलाई पनि बोलाइएको छ । त्यस्तै सरकारको तर्फबाट प्रधानमन्त्री बाबुराम भट्टराई तथा अन्य मन्त्रीहरूलाई पनि बोलाइएको छ । महाधिवेशनमा बोलाइए पनि प्रधानमन्त्री भट्टराई तथा पार्टी अध्यक्ष प्रचण्ड सो कार्यक्रममा सहभागी नहुने उनीहरूको निजी सचिवालयले जनाएको छ । महाधिवेशनमा उनीहरू मात्र नभएर पार्टीको कुनै पनि प्रतिनिधिको सहभागिता रहने छैन । तर, सत्तारुढ अन्य दलका नेता तथा मन्त्रीहरू भने कार्यक्रममा सहभागी हुने बुझिएको छ । पार्टी प्रवक्ता भुसालले उद्घाटन कार्यक्रममा सबै दलका प्रतिनिधिको सहभागिता रहनुका साथै सत्तारुढ तथा विपक्षी दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने बताइन् । भुसालका अनुसार पार्टीको महाधिवेशनले आन्दोलनको एजेण्डासमेत तय गर्नेछ । कमलादीस्थित प्रज्ञा भवनमा हुने बन्द सत्रपछि पार्टीको नयाँ कार्यसमितिसमेत चयन गरिनेछ । तर, कार्यसमितिमा पुरानै अनुहारलाई निरन्तरा दिइने सोच बनेको बुझिएको छ । जसअनुसार अध्यक्षमा मोहन वैद्य किरण, उपाध्यक्षमा देव गुरुङ, महासचिवमा रामबहादुर थापा, सचिवमा सीपी गजुरेल, नेत्रविक्रम चन्द तथा भुसाललगायतका नेताहरू सम्मिलित कार्यसमिति बनाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार