प्रेमीसँग मिलेर पतिको हत्या

२५ पुष २०६९, बुधबार ०८:२७ मा प्रकाशित

काठमाडौं, २५ पुस । प्रेमीसँग मिलेर आफ्नै पतिको हत्या गर्ने पासाङ याङ्जी शेर्पा प्रहरी फन्दामा परेकी छिन् । आफ्ना प्रेमी पासाङ निम्बा शेर्पाको सहयोग लिएर याङ्जीले पति फुदोर्ची शेर्पाको हत्या गराएकी थिइन् । उनीहरुलाई उक्त हत्या कार्यमा संखुवासभाका पासाङ निम्बा शेर्पा, सोलुखुम्बुका नीरकुमार कार्की, सोलुखुम्बुकै फुर्तेन्जी शेर्पाले सघाएका थिए ।
काडमाडौं मा नयाँ घर निर्माण गर्दै गरेका मृतक शेर्पालाई उक्त घरभित्रै घाँटी रेटेर हत्या गरी अभियुक्तहरुले नजिकै खोल्सामा रहेको पानी बग्ने ह्युमपाइपको मुखमा व्ल्याङ्केटमा बेरी फालेका थिए । अभियुक्त सबैलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी कारबाही अघि बढाइसकेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा