अपहरण गरी ठग्ने खत्री गिरफ्तार

२५ पुष २०६९, बुधबार ०८:१० मा प्रकाशित

काठमाडौं, २५ पुस । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी काठमाडौं जिल्ला कपन–५ घर भई खड्का भद्रकाली–६ बस्ने ५८ वर्षीय बद्रीकुमार खत्रीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले काठमाडौं हात्तीगौंडाबाट पक्राउ गरेको छ । खत्रीसमेत ४÷५ जनाको समूहले गत ०६६ माघ १३ गते काठमाडौं महानगरपालिका–७ चाबहिलबाट बद्रीकुमार खड्का नामक व्यक्तिलाई निजको बा.४ च २८८४ नम्बरको कारसहित अपहरण गरी काठमाडौं महानगरपालिका–७ भत्क्यापुलस्थित वाईसीएल क्याम्पभित्र बन्धक बनाई ३ करोड रुपैयाँको फिरौतीको कागज गर्न लगाएको अभियोगमा प्रहरीले खोजी गरिरहेको थियो ।
पीडित बद्रीकुमार खड्काले साँखुमा भएको जग्गाको ३ करोड मुल्यमा बैना गरेको भत्रे प्रतिबादी बद्रीकुमार खत्रीले थाहा पाई सोही रकम प्राप्त गर्ने प्रलोभनमा निज प्रतिबादी बद्रीकुमार खत्रीले जाहेरवालालाई अपहरण गरी बन्धक बनाई शरीरिक तथा मानसिक याताना दिई फिरौती रकम वापतको कागज गर्न लगाई छाडीदिएका थिए । खड्काको बा.४ च २८८४ नम्बरको सेन्ट्रो कार काठमाडौं महानगरपालिका–७ स्थित धोवीखोलाको पुल मुनीको सडकबाट बरामद भएको थियो भने घटना पश्चात प्रतिबादी फरार रहेका थिए । अपहरण तथा शरीर बन्धक मुद्दाको उल्लेखित कसूरमा निज प्रतिबादी बद्रीकुमार खत्रीलाई काठमाडौं जिल्ला अदालतको २०६८ पुस २६ गतेको फैसलाले ९ बर्ष कैद तोक्नुका साथै पीडित जाहेरवालालाई प्रतिबादीबाट क्षतिपुर्ति स्वरुप ५० हजार दिलाई भराई दिने ठहर समेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार