छात्रछात्रा युनिफर्ममै अश्लिल क्रियाकलापमा लहसिएपछि…

२५ पुष २०६९, बुधबार ०७:५१ मा प्रकाशित

रासस/ काठमाडौं,२५ पुस । सार्वजनिकस्थलमा विद्यार्थीहरुले स्कुल कलेजबाट भागेर स्कुल तथा कलेज पोसाकमा सार्वजनिक स्थानमा बसेर अश्लिल एवं यौनजन्य क्रियाकलाप गरेको पाइएमा भक्तपुर जिल्लाका प्रहरीले पक्राउ गरी कारबाही गर्ने भएको छ। भक्तपुरका सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत सार्वजनिक क्षेत्रमा कलेज पोसाक मै बसेर यौनजन्य गतिविधि गर्ने छात्रछात्रा बढेपछि स्थानीय कै आग्रहमा प्रहरीले यस्ता गतिविधि नियन्त्रण अभियान सुरु गरेको हो।
महानगरीय प्रहरी परिसर भत्कपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुष्कर केसीले बिहान कलेजको समयमा कलेज पोसाकमा विद्यार्थी सार्वजनिकस्थलमा जोडीका रूपमा भेटिए र यौनजन्य गतिविधि गरेको पाइएमा तुरुन्त पक्राउ गरी कारबाही गर्ने बताए।
उनले भने, ूघरबाट विद्यालय तथा कलेज जाने भनेर पोसाक लगाएर हिँड्ने तर सार्वजनिकस्थल बसेर अश्लिलता फैलाउनेलाई नियन्त्रमा लिइन्छ र कारबाही गरिन्छ, यो अभियान जिल्लाभरी सुरु गरिएको छ।ू
भत्कपुरका सार्वजनिकस्थलमा मात्र नभई विद्यालय, कलेजको समयमा विद्यार्थीहरु यदि पोसाकमै सिनेमा हल, होटल, गेस्ट हाउस तथा रेस्टुरामा भेटिए प्रहरीले नियन्त्रणमा लिने जनाएको छ।
भत्कपुरको ऐतिहासिक सिद्धपोखरीमा विद्यार्थी कलेज पोसाकमा बिहानै जोडीमा आउने र समाजलाई अपच हुने खालका यौनजन्य क्रियाकलाप हुने हुँदा स्थानीय बासिन्दालाई समेत असर पर्ने गरेको स्थानीय लक्ष्मी कोजुले बताए।
कलेजको पोसाकमा विद्यार्थी सार्वजनिकस्थलमा भेटिए पक्राउ गरी भविष्यमा यस्तो गतिविधि नगर्न सचेत गराई सुरुमा अभिभावक बोलाएर छोड्ने र पटकपटक फेला परेमा सार्वजनिक ऐनअन्तर्गत कारबाही गरिने प्रवक्ता केसी बताए।
भत्कपुरमा यस्ता गतिविधि हुने स्थानहरुमा सिद्धीपोखरी, कमलपोखरी, च्यामासिंहको ब्रम्हायनी मन्दिर परिसर, सूर्यविनायक गणेश मन्दिर परिसर, दरबार स्क्वायर क्षेत्र, चाँगुनारायण मन्दिर परिसर, कमलबिनायकको टाउन प्लानिङ र सल्लाघारीको च्वङ्गा गणेश क्षेत्र पर्छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार