प्रचण्डपुत्रीलाई क्यान्सर, प्रचण्डपुत्रलाई अमेरिकी भिसा

२४ पुष २०६९, मंगलवार २३:२४ मा प्रकाशित

काठमाडौं, २५ पुस । विना मगरसँग विवाह गरेपछि घर छोड्न बाध्य भएका प्रचण्डपुत्र प्रकाश (साकार) दाहाललाई अमेरिका जानका लागि प्रवेशाज्ञा मिलेको छ । प्रकाश विगत ६ महिनादेखि भारतको राजधानी नयाँदिल्लीमा रहँदै आएका थिए र उनले भीसाका लागि पनि नयाँदिल्लीस्थित अमेरिकी राजदूतावासमै आवेदन दिएको बताइन्छ । प्रकाशलाई भिसा उपलब्ध गराउन एमाओवादी अध्यक्ष प्रचण्डले भनसुन गर्नु परे–नपरेको बुझ्न सकिएको छैन । तर, प्रकाशलाई उपचारका लागि अमेरिका जान लागेकी उनकी जेठीदिदी ज्ञानु पाठकसँगै अमेरिका पठाउन लागिएको हो ।
ज्ञानुलाई क्यान्सर भएको र तत्काल उपचार नगरे उनको ज्यान जोखिममा पर्न सक्ने अवस्था रहेकोले प्रचण्डले उनलाई उपचारका लागि अमेरिका पठाउने भएका हुन् । ज्ञानुको उपचार त्यहीँ गरिनेछ जहाँ ख्यातिप्राप्त अभिनेत्री मनीषा कोइरालाको हालै मात्र उपचार भएको थियो । अमेरिकाको न्युयोर्कस्थित अस्पताल जुन अति महँगो भए पनि त्यसको विश्वसनीयता निकै माथिल्लो तहको मानिन्छ । सर्वसाधारण जनताको उक्त अस्पतालसम्म पहुँच पुग्ने कल्पना पनि गर्न सकिन्न । उक्त अस्पतालमा उपचार गर्न पाउने दोस्रो भाग्यमानीमा प्रचण्डको परिवार परेको छ । स्मरण रहोस्, प्रचण्ड आफ्ना छोराछोरीलाई अत्यन्त माया गर्छन् र छोरीहरूसँग प्रचण्डको विशेष लगाव रहेको बताइन्छ । आफ्नी एक छोरीलाई सभासद् बनाएका प्रचण्डले अर्की छोरीलाई ‘दुःख’ भयो भनेर दार्जिलिङस्थित विवाह गरेको घरबाट फिर्ता ल्याई विराटनगरका अर्कै केटासँग विवाह गरिदिएका थिए । जेठी छोरी ज्ञानुको विवाह भने नेपाली सेनाको जमदारसम्म भएका चितवनका एक व्यक्तिसँग धेरै पहिले नै गरिएको थियो । उनै ज्ञानुको उपचार प्रचण्डले अमेरिकामा गराउने व्यवस्था मिलाएका छन् र त्यसको जिम्मेवारी पुत्र प्रकाश दाहाललाई सुम्पेका छन् । प्रकाश आफ्नो जिम्मेवारी लिन काठमाडौं आइसकेको बताइन्छ । एक सूत्रले प्रचण्डपुत्र प्रकाश आफ्नी नवदुलही विनासँगै काठमाडौं पसेको जानकारी  दिएको छ । जे होस्, जेठी दिदी ज्ञानु बिरामी भएपछि प्रकाश दाहालको पारिवारिक मिलन जुरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको