प्रधानसेनापतिलाई भारतीय स्थलसेनाको ‘मानार्थ महारथी’ प्रदान

२४ पुष २०६९, मंगलवार १९:४२ मा प्रकाशित

काठमाडौं, २४ पुस । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति गौरव शम्शेर जबरालाई भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा भारतीय राष्ट्रपति प्रणब मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
प्रधानसेनापति जबराले सोमबार भारतीय रक्षामन्त्री एके एन्टोनीसँग भेट गर्नुभएको थियो भने भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहले आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा भारतीय सेनाध्यक्षले नेपाली सेनाको आधुनिकिकरणको प्रयासमा सहयोग पुरयाउने प्रतिबद्धता जनाउनुभएको बुझिएको छ ।
प्रधानसेनापति जबराले मंगलबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसंग पनि भेट गर्नुभएको छ भने आजै उहाँले रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भारतीय सेनाको विभिन्न कमाण्डको भ्रमण गर्ने कार्यक्रमअन्तर्गत प्रधानसेनापतिले भोली बुधबार मध्यप्रदेशको ईन्दौरस्थित आर्मी वार कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार