यूद्ध अपराधमा माओवादीलाई दण्डित गर्नुपर्छ : पौडेल

२४ पुष २०६९, मंगलवार १९:०८ मा प्रकाशित

काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीलाई यूद्ध अपराधको लागि अन्तर्राष्ट्रिय परम्परा अनुसार दण्डित गर्नु पर्ने बताएका छन् । ब्यास क्षेत्र विकास कोष तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दैलेखका पत्रकार डेकेन्द्र थापालाई ज्यूँदै पुरेर मार्ने र रुकुम काग्रेसका गाउँ कमिटि सभापतिको हत्या गर्ने माओवादी कुकर्ममा पसेको दावी गरे । पौडेलले भने– ‘माओवादीले जनतालाई असुरक्षित बनायो, यो अपराध कर्ममा अन्तर्राष्ट्रिय कर्म अनुसार माओवादी दण्डित हुनुपर्छ ।’
मुलुकको निकासको जिम्मा राष्ट्रपतिले लिएकोलेअब ठोस जिम्मेवारपूर्ण कदम चाल्नु पर्ने आवश्यकता औल्याउँदै अन्तर्राष्ट्रिय प्राक्टीस हेरेर राष्ट्रपतिले छिट्टो निकासको लागी कदम चाल्नुपर्ने बताए ।
उनले राष्ट्रपति असफल हुन नहुने तर्क गर्दै भने– ‘राष्ट्रपतिलाई असफल हुने छुट छैन । उहाँ असफल हुन मिल्दैन । उहाँले मुलुकलाई निकास दिनैपर्छ ।’
उनले मुलुकमा प्रजातान्त्रिक पद्धति भएको बेला मुलुकले तत्कालै नयाँ प्रधानमन्त्री पाउने र प्रधानमन्त्री जाने अवस्था रहेको उल्लेख गर्दै अहिले मुलुकमा प्रजातान्त्रिक ब्यवस्था भए नभएको विषयमा आशंका ब्यक्त गरे ।
पौडलेले बेदब्यासको जन्मस्थललाई विश्वभरी परिचत गराउन थालिएको प्रयासको प्रशंसा गर्दै त्यसको लागि विज्ञहरु सहितको समिति निर्माण गरेर उपयूक्त गुरुयोजना निर्माण गर्नुपर्ने बताए । बेदब्यासलाई नेपालीको पहिचानको संज्ञा दिदै उनले माओवादीले अहिले ठूला ठूला स्थापित पहिचान मारेर साना पहिचानलाई स्थापित गर्न लागेको भन्दै असन्तुष्टि समेत ब्यक्त गरे ।
ब्यास क्षेत्र विकास समिति तनहुँले बेदब्यासको जन्मस्थल तनहुँलाई संसारभरि चिनाउँदै त्यस क्षेत्रमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु निर्माण गरेको छ जसअन्र्तगत अल्पकालिन योजनाअन्र्तगत आगामि तीन वर्षभित्र बेद ब्यासको १ सय ८ फिटको मुर्ति स्थापना गर्ने काम थालिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । आयोजकले यो संसारमै सबैभन्दा ठूलो ब्यासको मुर्ति हुने दावी गरेका थिए । मध्यकालिन योजना अनुसार गणेशको मुखबाट मुखारित भएको बेद लेखेको दृश्य स्थापना र त्यस पछि जन्म स्थल देखि दमौलीसम्मका सम्पूर्ण ब्यास क्षेत्रको एकीकृत विकास गर्ने रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार