जेपीको ठाँउमा फोरम गणतान्त्रिकको संसदीय दलको नेता राजलाल

१४ चैत्र २०६८, मंगलवार १४:२२ मा प्रकाशित

काठमाडौ, १४ चैत । मधेसी जनअधिकार फोरम गणतान्त्रिकको संसदीय दलको नेतामा कार्यबाहक अध्यक्ष राजकिशोर यादव मनोनित भएका छन् ।
राजधानी भन्दा बाहिर धुलिखेलको एक रिसोर्टमा आज विहान बसेको पार्टीको संसदीय दलको बैठकले यादवलाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकमा यादव पक्षधर नौ जना सभासदहरुको उपस्थिति रहेको बताईएको छ । संसदीय दलका नेता जेपी गुप्ता भ्रष्टाचारको आरोपमा जेल गएपनि सो पद खाली रहँदै आएको थियो । यसअघिको बैठकमा नै नेता चयनको प्रयास भए पनि बरिष्ठ नेता राजलाल यादवले आफ्नो दावी प्रस्तुत गरे पछि कुनै निर्णय हुन सकेको थिएन । हिजो बसेको संसदीय दलको बैठकमा सोही विषयमा विवाद भए पनि निलम्बित सभासद वीपी यादव र राजलालवीच हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।
यता हिजो कृषिमन्त्रीबाट हटाईएका नन्दनकुमार दत्तले भने आफूलाई केन्द्रीय समितिले सरकारमा पठाएको मा सभासदहरुको भनाईमा मन्त्री पदबाट हटाईएको भन्दै केन्द्रीय समितिको बैठक बोलाउने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री