राष्ट्रिय एकता दिवसको माग गर्दै उपत्यका बन्दको घोषणा, बेलायती दूतावासका गाडी २८ गते गुड्न नदिइने

२४ पुष २०६९, मंगलवार १७:१४ मा प्रकाशित

काठमाडौ, २४ पुस । पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणाको माग गर्दै शाही नेपाली राष्ट्रवादी शक्ति नामक पार्टीले उपत्यका बन्दको घोषणा गरेको छ । उक्त दिन सार्वजनिक विदाको माग गर्दै बन्दको घोषणा गरिएको हो ।
पृथ्वीनारायण शाहकै कारण अहिले नेपाल र नेपाली भनेर गर्व गर्ने ठाँउ सम्पूर्ण नेपाली जनताले पाएको दावी गर्दै यसलाई कमजोर बनाएर नेपाललाई विदेशीको दलाल बनाउन एकता दिवसलाई खारेज गरिएको दाबी पनि सो पार्टीले गरिएको छ ।
सो पार्टीले बेलायतमा पक्राउ परेका महासेनानी कुमार लामाको गिरफ्तारीको विरोध गर्दै उनको निसर्त रिहाईको लागि आन्दोलनको घोषणा समेत गरेको छ । घोषित आन्दोलनको कार्यक्रममा पुस २८ गते बेलायती दुतावासको सवारी साधन गुड्न नदिने र माघ २ गते बेलायती दुतावास घेराउनु गर्ने रहेको छ । पार्टीका अध्यक्ष पशुपति खड्काले नेपाल र नेपालीको पहिचान स्थापित गराउने पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा नेपालीलाई एकताको सुत्रमा बाध्न मनाईदै आएको राष्ट्रिय एकता दिवसलाई कुनै पनि हालतमा राष्ट्रिय दिवसको मान्यता दिनु पर्ने भन्दै त्यसो नगरिए आफूहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए । उनले अब मुलुकमा राजसंस्था विना राष्ट्रिय एकता र अखण्डता कायम हुन नसक्ने दावी गर्दै पार्टीले त्यसको लागि पनि अभियान चलाउने बताए ।
द्धन्द्धकालको घटनालाई लिएर नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायतमा पक्राउ गरेको घटना नेपालको आन्तरिक मामिलामा बेलायतको प्रत्यक्ष हस्तक्षेप भएको भन्दै उनलाई तत्काल विनासर्त रिहा गर्न माग गरे । अन्यथा कडा आन्दोलन गर्ने उनको भनाई थियो । उनले लामा पक्राउ पर्ने भए नेपालका प्रधानमन्त्री देखि बरिष्ठ राजनेताहरु पनि सो आरोपबाट मुक्त रहन नसक्ने दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको