पापडद्धारा आन्दोलनको चेतावनी

२४ पुष २०६९, मंगलवार १६:४२ मा प्रकाशित

काठमाडौं, २४ पुस । शान्ति र लोकतन्त्रको लागि पेशागत सञ्जाल पापडले ६ बुँदे माग प्रस्तुत गर्दै आन्दोलनको चतावनी दिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर २०६२÷६३ को जनआन्दोलनको उपलब्धि संस्थागत हुन नसकी खतरामा परेको ठहरसहित निकासको लागि ६ बुँदे माग प्रस्तुत गर्दै पापडले आन्दोलनको चेतावनी दिएको हो ।
सार्वजनिक गरिएका मागहरुमा राष्ट्रपतिले दिएको समयमै सहमति गर्न दलहरुले सार्थक छलफल गर्नुपर्ने अन्यथा राष्ट्रपतिले देश र जनताको हितमा निर्णायक कदम चाल्नुपर्ने, कुनै दललाई बहिस्कार गर्ने, राजनीतिक दल बाहिरका ब्यक्तिको नेतृत्व खोज्ने र संविधानसभा पुनःस्थापना गराउने कुरा जनघात भएकोले यसको साटो निर्णायक वार्ता गर्न आग्रह गरिएको छ ।
त्यसैगरी मुलुकमा उत्पन्न राजनीतिक शुन्यताले जंगबहादुर शैलीको अधिनायकवाद जन्मने खतरा बढेकोले राजनीतिक प्रतिनिधित्व दिने संस्था स्थापनाको लागि तत्काल कदम चाल्नुपर्ने, रिक्त संवैधानिक निकायमा विधीसम्मत ढंगले तुरुन्त नियूक्ती प्रक्रिया अगाडि बढाउनु पर्ने, जथाभावी निर्णय गरेर सुशासनको खिल्ली उडाउने काम तत्काल बन्द गर्नु पर्ने र महिला हिंसाका घटना राजनीतिक अराजकताका कारण बढेकोले राजनीति भित्र नैतिकता, इमान्दारिता बहाली गर्न पनि पापडले माग गरेको छ । माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार