गिलुङमा बस दुर्घटना, १३ गम्भीर घाइते

२४ पुष २०६९, मंगलवार १६:१७ मा प्रकाशित

छविलाल बगाले/ लमजुङ २४ पुस । पश्चिम लमजुङको गिलुङ गाविस ७ छापागाउँमा आज
यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना सख्त घाईते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । गिलुङदेखि पोखरा जाँदै गरेको ग १ ख २६१२ नम्बरको यात्रुबहाक बससडकबाट तल खस्दा चालकबाहेक बसमा सवार सवै घाइते भएका स्थानीयवसीले जानकारी दिए ।
घाइतेमध्ये लमजुङ करापू ६ बासकोट डढुवाका ५१ बर्षिय मीनप्रसाद गुरुङ, गिलुङ ५ का ३५ बर्षिया गंगा गुरुङ, कास्की मिजुरे ४ का ५० बर्षिया मीनमाया गुरुङ र शिशुवा ४ का कमल कँडेल रहेको प्रहरीले जनाएको छ ।
घाइतेको भोर्लेटार ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीयवासिन्दाले उद्धार गरि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाएको छ । बस कच्ची सडकबाट झण्डै ३० मीटर टल खसेर दुर्घटना भएको थियो । बसका चालक कास्की शिशुवा ४ का कृष्ण कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते हुनेहरुमा लमजुङ इशानेश्वर ८ का देवी तामाङ र पूर्णचन्द्र तामाङ, भोँजे ८ का शान्ति गुरुङ, गिलुङ ९ का सन्तोष तामाङ र सिर्जना तामाङ, गिलुङ ५ का कन्यमाया तामाङ, बसका सहचालक मालिङ ७ का विकास तामाङ साथै भारत मोतियारी घर भई हाल पोखरा मुस्ताङचोक वस्दै आएका शिवजी साह र सुरज चौधरी रहेको प्रहरीले जनाएको छ । बस दुर्घटनाका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासिन्दाले घाईते हुनसक्ने आशंकाम खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको