कैलालीमा हुन सकेन धान संकलन

२४ पुष २०६९, मंगलवार १४:३६ मा प्रकाशित

कैलाली, २४ पुस । नेपाल खाद्य संस्थानले धानको मूल्य बढाएर पनि कैलालीमा धान खरिद गरिए पनि धान संकलन हुन सकेन । किसानले संस्थानको धान संकलन केन्द्रमा बिक्रिका लागि नल्याएपछि संकलन न्यून मात्रामा हुन गएको हो ।
संस्थानले कोटाअनुसार धान खरिद गर्नका लागि ६ पुसमा मूल्य बढाएर धान खरिद गर्ने कार्यअघि बढाएको थियो । धान संकलनका लागि दोस्रोपटक बढाएको मूल्यमा पनि धान संकलन हुने लक्षण नदेखेपछि खाद्य संस्थानको अञ्चल कार्यालयले तेस्रोपटक धानको मूल्य बढाएर खरिद गर्न संशोधनका लागि केन्द्रीय कार्यालयलाई प्रस्ताव पठाएको संस्थानका सेती अञ्चलप्रमुख सुरेन्द्र विष्टले बताए ।
‘संस्थानले किसानलाई बजारभन्दा बढी मूल्य दिएर धान खरिद गर्ने गरेको भए पनि संकलन केन्द्रमा धान आएन्,’ प्रमुख विष्टले भने, ‘संकलन केन्द्रमा धान नआएकाले हामीले पुन ः धान संकलनका लागि संशोधन प्रस्ताव केन्द्रमा पठाइसकेको र केन्द्रको निर्देशन पखिर्रहेका छौँ ।’ उनले थपे, ‘संस्थानले दोस्रोपटक धानको मूल्य बढाउँदा अहिलेसम्म धनगढीमा एक सय २८, टीकापुरमा दुई हजार २० र कञ्चनपुरमा तीन सय गरी दुई हजार चार सय ४८ क्विन्टल मात्र धान संकलन भएको छ,’ विष्टले भने, ‘संस्थानले ढिलो गरी मूल्य निर्धारण गरेकोले धान संकलन हुन समस्या भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार