सरकारले राष्ट्रपति समक्ष पुनः अध्यादेश पठायो

२४ पुष २०६९, मंगलवार १४:२१ मा प्रकाशित

काठमाडौ, २४ पुस । सरकारले राष्ट्रपति डा रामबरण यादव समक्ष अध्यादेश स्वीकृतका लागि पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले राष्ट्रपति समक्ष अध्यादेश पठाउने निर्णय गरेको हो ।
बैठकले केही सार्वजनिक सेवालाई समावेशी बनाउन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको बैठक पछि अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । मन्त्री पुनका अनुसार निजामती, प्रहरी र सेनामा समावेशी प्रक्रियाबाट भर्ना भइरहेपनि स्वास्थ्य सेवा, विश्वविद्यालय, स्थानीय निकाय र विकास समिति लगायतमा गरिने भर्ना अझै समावेशी स्वरुपमा हुन नसकेको र ती निकायको भर्नालाई पनि समावेशी बनाउन अध्यादेश पारित गरी स्वीकृतका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो ।
यसैगरी बैठकले गरीबी निवारण कोषको उपाध्यक्षमा युवराज पाण्डेलाई नियुक्त गरेको छ । कोषको उपाध्यक्षबाट जनकराज जोशीले दिएको राजीनामा स्वीकृत गर्दै सरकारले पाण्डेलाई नियुक्त गरिएको हो । त्यस्तै बैठकले उद्योग मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराईले दिएको राजीनामाको समेत स्वीकृती गरेको छ ।
मन्त्री पुनका अनुसार बैठकमा तराईमा चलिरहेको शितलहरुबाट ज्यान गुमाएका परिवारहरुलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ । उनले शितलहरबाट पीडित विपन्न जनतालाई एकपरिवार एक कम्बल र काठ दाउरा उपलब्ध गराउने निर्णय गरिएको बताए । शितलहरबाट प्रभावित क्षेत्रहरुमा स्थानीय प्रशासन र स्थानीयलाई एकिकृत रुपमा परिचालन गरी लत्ता कपडा वितरण गरिने जनाइएको छ । यस्तै बैठकले त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउने निर्णय समेत गरेको छ ।
बैठकले सशस्त्र द्वन्द्व ताका माओवादीले किनबेच गरेको जग्गाको समस्या समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदन मन्त्रिपरिषद्को पूर्वाधार समितिले निर्णय गर्ने बमोजिम समितिमा पठाइएको पनि मन्त्री पुनले बताए छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार