भट्टराई सरकार ‘दक्षिण’को इसारामा चलेको नेता केसीको दाबी

२४ पुष २०६९, मंगलवार ११:२२ मा प्रकाशित

काठमाडौं, २४ पुस । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान गतिरोधको अन्त्य राजनीतिक सहमति एकमात्र विकल्प भएको बताउँदै उनले अहिले संविधानसभा पुनःस्थापन गर्ने सत्तापक्षको प्रस्ताव सत्ता लम्ब्याउने खेल मात्र भएको दाबी गरेका छन् । भक्तपुरमा सोमबार आयोजित एक कार्यक्रमबीच नेता केसीले वर्तमान सरकार भारतको इसारामा चलेको आरोप समेत लगाए । भारतले राजीनामा दिन सङ्केत नगरेसम्म बाबुराम भट्टराईले सत्ता नछोड्ने उनको कथन थियो ।
ूएमाओवादी अहिले जसरी भए पनि आफ्नो पार्टीको हित तथा सरकार टिकाइराख्ने चालमा रहेको छ, उसले भनेजस्तो संविधानसभा र संसद्को पुनःस्थापना कुनै पनि हालतमा हुन सक्दैनू  भन्दै अध्यक्ष केसीले ूवर्तमान सरकार इतिहासकै मानवता विरोधी भएकाले झन्झन् दण्डहीनता र अराजकता निम्तिएको छ, यो सरकारलाई देशको माया भए निकास दिन्थ्यो तर देशभन्दा छिमेकीको आडमा सरकार लम्ब्याउने खेलमा लागेको छू भन्ने अभिव्यक्ति दिए ।
सङ्घीयताको प्रखर विरोधि नेता केसीले तराईलाई एक प्रदेशमा राखेर आफ्नो पायक पार्ने भारतकै चालस्वरुप संघीयता उछालिएको आरोप लगाए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय