आफुलाई तपस्वी बमजन समर्थकले बन्धक नबनाएको मारिचीको भनाइ

१४ चैत्र २०६८, मंगलवार ११:४१ मा प्रकाशित

बारा, १४ चैत । स्लोभाकियाकी नागरिक मारिचीले आफुलाई बन्धक नबनाएको बताउनु भएको छ । बाराको रतनपुरी गाविसको हल्खोरिया जंगलमा आफु पुजा मात्रै गर्न गएको उहाँको भनाइ छ ।  तपस्वी राम बहादुर बम्जनको पुजा दर्शन गर्न त्यहाँ पुगेको र आफुलाई कसैले अपहरण नगरेको मारिचीले हिजो प्रहरीलाई दिएको बयानमा बताएको बाराका प्रहरी उपरिक्षक दानसिह बोहोराले जानकारी दिनुभयो । आफु त्याहाँ स्वतन्त्र रुपले घुमफिर गर्दै महिनौदेखि बस्दै आएको मारिचीले बताउनु भएको हो । सन्चारमाध्यममा आफुलाई बन्धकको बनाएको भनिएको समाचार गलत भएको मारिचीको दावी छ । स्लोभाकियाकी नागरिक जसुज्समा पासपोर्टमा नाम भएकी तथा बम्जन स्थलमा मारिची उपनाम गरेकी करिब ४० वर्षिय ती महिलालाई बम्जनका केही अनुयायीहरुले आईतबार राती करिब ९ बजे सिमरा स्थित लामा होटलमा ल्याएर छोडेका थिए । बिहान चिया पिएर सिमरास्थित थेगु लामा गुम्बामा बसेको अवस्थामा बाराका प्रहरी उपरिक्षक बोहोराको नेतृत्वमा रहेको प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरी देख्ने बित्तिकै ती विदेशी महिला भाग्न सुरु गरेपछि प्रहरीले लखेटेर बिहान करिब १० सिमरा स्थित दुरसञ्चार कार्यालय नजिकैबाट उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी