सरस्वतीले आत्महत्या नै गरेको पोस्टमार्टमको निश्कर्ष

२४ पुष २०६९, मंगलवार ०९:०३ मा प्रकाशित

काठमाडौं, २४ पुस । नेपाल प्रहरीका एआइजी भीष्म प्रसाइका भाइ नाता पर्ने कृष्ण प्रसाईको अनामनगरस्थित घरमा अस्वाभाविक किसिमबाट मृत भेटिएकी धादिङकी सरस्वती सुवेदीको दोहोरयाएर गरिएको पोस्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या नै गरेको देखाएको बताइएको छ । सोमबार सार्वजनिक गरिएको पोस्टमार्टम रिपोर्टमा ३१ वर्षिया सरस्वतीले झुन्डिएरै आत्महत्या गरेको उल्लेख गरिएको छ  । मृतकका आफन्त र महिलाअधिकारकर्मीहरुको चर्को विरोधपछि सुवेदीको दोस्रोपटक पोस्टमार्टम गरिएको थियो । आफन्त तथा महिला अधिकारवादीले सुवेदीलाई हत्या गरिएको दाबी गरेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा दोस्रोपटक पोस्टमार्टम रिपोर्ट लिइएको थियो ।
सुवेदी सात वर्षदेखि प्रसाईंका घरमा घरेलु कामदारका रूपमा कार्यरत थिइन् । ३० मंसिरमा पाँचतले घरको सिरान तलास्थित बाथरुममा उनलाई प्रहरीले मृत फेला पारेको थियो । प्रसार्इं परिवारले सुवेदीले आत्महत्या गरेको बताए पनि सुवेदीका आफन्तले हत्या गरेको दाबी गरेका थिए ।
विशेषगरी कृष्ण प्रसाईंकी पत्नीको सुवेदी हत्यामा हात रहेको आरोप मृतकका आफन्तले लगाएका थिए । आफ्ना पतिसँग सरस्वतीले बोलचाल गरेकोसमेत मन नपराउने गरेको आधारमा सावित्रीमाथि सरस्वती हत्याको मिथ्या आरोप लगाइएको प्रसाईं पक्षबाट बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

आजको प्रमुख समाचार