प्रतिपक्षले नै सत्ता लम्ब्याइदिएको मन्त्री रायमाझीको कथन

२३ पुष २०६९, सोमबार २१:१६ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रूपन्देही, २३ पुस । शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझीले प्रतिपक्ष दलहरुको हठको कारण सत्ता लम्बिएको दाबी गरेका छन् । प्रतिपक्षी दलहरुले उचित निकासको लागि पहल गर्नुभन्दा कुर्चीकै लडाइलाई प्राथमिकता दिएका कारण नयाँ सहमतिको सरकार गठनमा ढिलाई भएको उनले बताए ।
क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले भने, ‘हामी देशलाई लथालिङ्ग पारेर सत्ता छोड्न चाहन्नौँ, हामीले केका लागि सत्ता कांग्रेसलाई छोडिदिने ? आम सहमतिमा नआएर प्रतिपक्षले नै सरकारको आयु लम्ब्याएका हुन् ।’ सरकारले राजीनामा दिएर पनि उचित निकास निस्कने सम्भावना नरहेको भन्दै रायमाझीले कानुनी र लोकतान्त्रिका विधिको सरकार हटे झन् अस्थिरता पैदा हुने जनाए । कांग्रेसलाई नै सत्ता सुम्पनु पर्ने कुनै कारण नभएको दोहोरयाउँदै उनले प्रतिपक्षी दलहरुले सत्ताप्राप्तिको हठ त्याग्नुपर्ने जिकीर गरे । उनले लामो समय सत्ताको स्वाद लिएका एमाले–कांगे्रस अझै पनि त्यही स्वादका निम्ति कुर्ची तानातानको खेलमा लागेको आरोप पनि लगाए ।
डा. बाबुराम भट्टराईलाई निषेध गरेर जान खोजएकोले सहमति हुन नसकेको उनको भनाइ थियो । यसअघिका प्राधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपालले जस्तो राजीनामा दिने अवस्था अहिले नरहेको भन्दै रायमाझीले दलहरुले राष्ट्रिपतिलाई उचालेर विवादमा तान्ने कोशिस गरिरहेको तर्क गरे ।
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेतासमेत रहेका रायमाझीले आगामी २५ गतेसम्म सहमति जुट्न नसके बैशाख–जेठमा निर्वाचन गर्न नसकिने संकेत देखिएको उल्लेख गर्दै सहमतिको विकल्प नभएको र विकल्पमा संविधनसभा ब्यूँताएर जान पनि सकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार