चिसोका बाबजुद महायज्ञमा दाता तथा भक्तजनको घुईंचो

२३ पुष २०६९, सोमबार २१:१४ मा प्रकाशित

बुटवल, २३ पुस । जातीय सद्भावका लागि क्ष्ँत्री समाज रुपन्देहीले अयोजना गरेको श्रीमदभागवत धन धान्याञ्चल विशिष्ट पुजा अर्चना जातीय सद्भाव ज्ञान महायज्ञको दोस्रो दिन ३० लाख दान संकलन भएको छ । महायज्ञको पहिलो दिनमै २० लाख ९३ हजार १ सय चौविस रुपैया संकलन भएकोमा दोस्रो दिनकोसहित पचास लाख संकलन भएको छ । चिसो मौसमका वावजुद दानबीरहरुको उल्लेखनिय सहभागिता रहेको महायज्ञ मुल समितिका सहसंयोजक एवम् क्षत्री समाज रुपन्देहीका वरिष्ठ उपाध्यक्ष गुप्तबहादुर केसीले बताउनु भयो ।
महायज्ञको दोस्रो दिन बुटवल–११ निवासी लेखबहादुर कार्कीले ७ लाख १ हजार एक सय १ रुपैयाँ दान गर्नुभएको छ । त्यसैगरि रुपन्देहीको टिकुलीगढ निवासी लिलबहादुर क्षत्रीले पाँच लाख पचपन्न हजार पाँच सय ५५ रुपयाँ दान गर्नुभएको छ भने बुटवल मिलनचोकका शिव अधिकारीले दुई लाख दान गर्नुभएको छ । उता रुपन्देही मक्रहरुका बिष्णु बरालको परिवारले एक लाख २५ हजार रुपैयाँ दान गरेको छ ।
महायज्ञ स्थलमै आगो ताप्दै कथा सुन्न मिल्ने व्यवस्था गरिएकोले गाउँ–गाउँबाट श्रदालु भक्तजनहरुको सहभागिता रहेको अयोजकले बताएका छन् । पुस २८ गतेसम्म बुटवलको बुटवल मण्डपमा हुने महायज्ञमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नुभएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार