बुद्धमूर्ति बरामद

२३ पुष २०६९, सोमबार १९:०२ मा प्रकाशित

सिन्धुपाल्चोक, २३ पुस । सिन्धुपाल्चोक जिल्लाको माङखा गाविस–९ अँधेरीचो एपीएफ टोली र भन्सार कर्मचारीले बुद्धको चार थान मूर्ति बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा बेस अँधेरीबाट खटिएको एपीएफ टोलीले सो ठाउँमा सवारी साधनमा जाँच गर्ने क्रममा उक्त मूर्ति बरामद गरेको जनाएको छ ।
काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको ना. १ ज २२४५ नम्बरको गाडीमा लुकाएर लैजान लागेको अवस्थामा तामा र पितलबाट निर्मित बुद्धको मूर्ति फेला परेको हो । एपीएफ टोलीले बरामद मूर्ति आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी पर्सा जिल्लाको निचुटाबाट एपीएफ टोलीले चार केजी चरेशसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको मुर्ली–५ बस्ने लोटिक यादवलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस पोखरियाबाट खटिएको एपीएफ टोलीले चरेशसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार