विश्व रेकर्डका लागि ६० घण्टा प्रत्यक्ष अन्तर्वार्ता लिइने

२३ पुष २०६९, सोमबार १८:५२ मा प्रकाशित

काठमाडौं, २३ पुस । देशको नाम विश्वमा चिनाउने अभियान भन्दै ‘न्यूज २४’ टेलिभिजनले नौलो काम गर्ने भएको छ । ६० घण्टासम्म निरन्तर अन्तर्वार्ता लिएर विश्व रेकर्ड कायम गर्न प्रयत्नरत नेपाली सञ्चारकर्मी रवि लामिछानेको प्रयासमा न्यूज २४ ले सहकार्य गर्दै यस्तो अभियान अगाडि सारेको बताएको छ । यससम्बन्धी सहमतिपत्रमा वाशिङ्टनस्थित नेपाली दूतावासमा हस्ताक्षर भएको जानकारी सम्वद्ध पक्षले गराएको छ ।
वाशिङ्टन डिसीस्थित नेपाली दूतावासमा आयोजना गरिएको कार्यक्रममा गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अधिकारीहरु पनि उपस्थित थिए । उनीहरुकै उपस्थितिका बीच न्यूज २४ टेलिभिजनका अध्यक्ष अनिल जोशी, विश्व रेकर्ड कायम गर्न प्रयत्नरत सञ्चारकर्मी रवि लामिछाने र वेलकम एडभरटाईजिङ प्रा.लि.का अध्यक्ष निर्मल पौडेलले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुको ठूलो संख्यामा उपस्थिति थियो । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माले भन्नुभयो, “नेपाल वास्तवमै सुन्दर देश हो, र यो कुरा विदेशमा रहेका मानिसहरुलाई अझ विकसित देशका मानिसलाई थाहा छैन । गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम दर्ता गर्नकालागि सञ्चार क्षेत्रमा केही भएपछि यसलाई विश्वकै सञ्चार माध्यमले पनि स्थान दिन्छन् । त्यसैले नेपालको बारेमा थाहा नपाएकाले पनि थाहा पाउन सक्छन् ।”
अन्तराष्ट्रिय जगतमा नेपाललाई परिचित गराउन आफ्नो क्षेत्रबाट केहि गनुपर्ने सोच सहित ६० घण्टे अन्तरवार्ताको सोच आएको र गीनिज बुकलाई प्रस्ताव गर्दा प्रस्ताव स्विकृत गरेको संचारकर्मी रबि लामिछानेले बताए । उनले भने –“नेपाल र नेपालीको गौरबलाई बिश्व सामु पु¥याउने अठोट छ । यस्तो कार्यक्रमले नेपाललाई शान्ति भुमीको रुपमा स्थापित गर्न मद्दत गर्नेछ । ”
कार्यक्रममा बोल्दै नेपाल ब्रोडकास्टिङ च्यानल प्रा.लि. एवं न्यूज २४ टेलिभिजनका अध्यक्ष अनिल जोशीले नेपालभित्र रहेका सम्भावना, कला र दक्षताको स्तरलाई उकास्ने र देशको प्रतिष्ठामा नयाँ आयाम थप्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बिश्वव्यापी रुपमा सकारात्मक दृष्टिकोण र शान्तिको सन्देश फैलाउने हाम्रो उद्देश्य हो । हामी यो विश्व रेकर्ड कायम गर्नका लािग प्रस्तुत हुने कार्यक्रमहरुमा नेपाल, बुद्ध, सगरमाथा लगायतको प्रचार गर्नेछौं । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर विश्वभरि प्रचार गर्न सकियो भने यही नै पनि ठूलो सफलता हुनेछ ।”
बुद्धको जन्मस्थलबाट सुरु हुने भएकोले शान्तिको सन्देश दिने र गीनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेखाउने उद्देश्य भएकोले दोहोरो फाईदा हुने वेलकम एडभरटाईजिङ प्रा.लि.का अध्यक्ष निर्मल पौडेलले बताउनुभयो । यस्ता कार्यक्रमले नेपाललाई अन्तराष्ट्रि क्षेत्रमा समेत परिचित गराउने भएकोले सफलताको समेत कामना गर्नुभयो ।
“विश्वले चिन्नेछ नेपाल” नामाकरण गरिएको यस अभियानअन्तर्गात आगामी फेब्रुअरी १४ तारिखबाट यो ६० घण्टा लामो–लामो निरन्तर प्रत्यक्ष अन्तर्वार्ता न्यूज २४ टेलिभिजनमा सुरु हुनेछ । अन्तर्वार्ताका क्रममा नेपाललाई विश्वमाझ परिचित गराउने सगरमाथा, गौतम बुद्ध, नेपालको प्राकृतिक सुन्दरता, गौरवपूर्ण इतिहासलाई उजागर गरिनेछ । यिनै विषयवस्तुसंग सम्बन्धित रहेर लगातार ६० घण्टासम्म निरन्तर प्रत्यक्ष अन्तर्वार्ता प्रशारण गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास