चितवनमा सुन्तला उत्पादन घट्यो

२३ पुष २०६९, सोमबार १६:४२ मा प्रकाशित

चितवन, २३ पुस । चितवनमा गत वर्षको तुलनामा यो वर्ष सुन्ताला उत्पादनमा ५० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले गत चैतमा आएको असिना पानीले सुन्ताला उत्पादन घटेको बतायो ।
कृषि विकास कार्यलय चितवनका बागवानी अधिकृत धनबहादुर थापाका अनुसार गत वर्ष जिल्लामा एक हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष गत वर्षको उत्पादनको आधरमा ५० प्रतिशत उत्पादनमा कमी आएको कार्यालयले जनाएको छ । चितवनमा एक सय ८५ हेक्टर क्षेत्रफलमा सयभन्दा बढी कृषकले व्यावसायिक रूपमा सुन्तला खेती गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चितवनमा उत्पादित सुन्तलाले पछिल्लो समय राम्रो बजार लिँदै आएको कार्यालयको भनाइ छ । सुन्तला खेतीको पकेटक्षेत्रका रूपमा चितवनका पहाडी गाविस दारेचोक, काउले र चण्डीभञ्जाङ रहेका छन् । कार्यालयले गत असारमा मात्रै पहाडी गाविसका कृषकका लागि एक हजार तीन सय सुन्तलाका र दुई सय कागतीको बिरुवा वितरण गरेको जनाएको छ । यो वर्ष दुई हजार चार सय बिरुवा वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । किसानका लागि ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गर्ने गरेको कार्यालयले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको