राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवर्ता

२३ पुष २०६९, सोमबार १६:१९ मा प्रकाशित

काठमाडौ, २३ पुस । राष्ट्रपति रामवरण यादवसँग प्रधानमन्त्री बाबुराम भट्टराईबीच आज विहान भेटवर्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाका विषयमा छलफल भएको बुझिएको छ । महासेनानी लामालाई बेलायतको प्रहरीले द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नता रहेको जनाउँदै गएको बिहीबार पक्राउ गरेको थियो ।
लामा संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा खटिएकामा बिदाको समयमा आफ्ना परिजनलाई भेट्न बेलायत पुगेका थिए । भेटम प्रधानमन्त्री भट्टराईले दलहरुबीच सहमति कायम गरी समयमा नै मेलमिलाप तथा सत्यनिरुपण आयोग गठन हुन नसक्दा यस्ता घटनाहरु हुन गएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय