आन्दोलनबाटै सरकार हटाउने सहमति

२३ पुष २०६९, सोमबार १६:१३ मा प्रकाशित

काठमाडौ, २३ पुस । नेपाली कांग्रेस र उपेन्द्र यादव संयोजक रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा नेपालले आन्दोलनबाटै सरकार परिवर्तन गर्ने विषयमा सहमति भएको छ ।
कांग्रस सभापति सुशील कोइरालाको निवासमा आज विहान भएको छलफलमा यस्तो सहमति भएको हो । छलफलमा प्रतिपक्षमा रहेको दुवै राजनीतिक शक्तिले सहमतीय सरकार निर्माणका लागि एमाओवादी तयार नभए संघर्षमा जाने निष्कर्ष निकालेका हुन् ।
बैठकपछि मोर्चाका संयोजक उपेन्द्र यादवले सहमतिबाट वर्तमान सरकार नहटे आन्दोलनबाट हटाउने चेतावनी दिए । ‘यो सरकार रहेसम्म सहमति पनि हुन्न, निर्वाचन पनि हुन्न,’ उनले भने , ‘पहिलो शर्त भनेकै यो सरकराको बर्हिगमन हो । सहमतिबाट नहटे आन्दोलनबाट सरकारलाई हटाउँछौं ।’ उनले अब आन्दोलन बाहेकेको विकल्प नभएको बताए । उनले तीन दलको सिन्डिकेट तोडिनुपर्ने भन्दै कांग्रेस र आफ्नो मोर्चाबीच गठबन्धन गर्ने हो भने संघीयता, जनजाति र मधेसका मुद्दामा व्यापक छलफल जरुरी भएको बताए ।
कांग्रेस नेता रामशरण महतले सरकार हटाउन संघर्षमा जाने विषयमा मोर्चासंग छलफल भएको जनाए । उनले सहमतीय सरकार निर्माणका लागि माओवादी इमान्दार नभए संघर्षको विकल्प नभएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्