आन्दोलनको माहोल बन्न थालेको उपेन्द्रको अभिव्यक्ति

२३ पुष २०६९, सोमबार १६:०९ मा प्रकाशित

काठमाडौं, २३ पुस । सत्तारुढ एमाओवादीका अध्यक्षले दिनमा तीन पटक सहमतिका एजेण्डा परिवर्तन गर्न थालेपछि दिक्क भएका विपक्षी दलहरु आन्दोलन जाने मूड बनाउन थालेका छन् । आजसम्म एमाओवादी तथा सत्ता गठबन्धनबाट भएका सहमतिका प्रयास नाटक मात्र रहेको ठहरमा उनीहरु पुगेका छन् ।
सरकार हटाउन अब आन्दोलनको विकल्प नरहेको भन्दै नेपाली कांग्रेस र उपेन्द्र यादव संयोजक रहेको सङ्घीय लोकतान्त्रिक मोर्चाबीच छलफलसमेत सुरु भएको छ । छलफल मात्र होइन, सोमबार दिउँसो दुई दलबीच भएको छलफलपछि उनीहरु आन्दोलनमा मिलेर जान तत्पर भएका छन् । कांग्रेस सभापति सुशील कोइरालाको निवासमा राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जाने विषयमा सम्वद्ध नेताहरुबीच छलफल भएको थियो ।
मोर्चाका संयोजक उपेन्द्र यादवले सहमतिबाट वर्तमान सरकार नहट्ने निश्कर्षमा आफू पुगेको प्रतिक्रिया दिए पनि आफूले सहमतिको प्रतीक्षा भने केही समय गर्ने अभिव्यक्ति दिए । सरकारी रवैयाकै कारण अब आन्दोलनको माहोल बन्न थालेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार