सडक दुर्घटनाबाट बचाउने कार

२३ पुष २०६९, सोमबार १२:३७ मा प्रकाशित

एजेन्सी/ गाडी निर्माता कम्पनी टोयोटाले एक यस्तो भिडियो क्लिप जारी गरेको छ जसमा लेक्सस कारलाई यस्तो प्रविधिबाट सुसज्जित तुल्याइएको देखाइएको छ िकि उक्त कारले सडकमा हुने जस्तोसुकै दुर्घटनालाई पनि टार्न सक्छ ।
कारमा प्रयोग गरिएको प्रविधिमा यस्तो भिडियो क्यामेरा संलग्न छ जसले सडकको अलावा वरपरका स्थान एवम् ड्राइभरमाथि पनि नजर राख्छ । टोयोटाका प्रवक्ताका अनुसार यो कार सडकमा चलिरहेका अन्य कारसँग सम्पर्क पनि स्थापित गर्न सक्छ । सडकमा हुने दुर्घटनालाई पूरै टार्नका लागि यस्तो प्रविधियुक्त कार निर्माण गरिएको कम्पनीले जनाएको छ । बताइएअनुसार उक्त कारमा इन्टलिजेन्ट ट्रान्सपोर्ट सिस्टम प्रयोग गरिएको छ । चलाउँदाचलाउँदै कतै चालक निदाउन लागेको त छैन भनेर नजर राख्नेदेखि सडकमा पैदल हिँड्नेहरुमाथि ध्यान पुरयाउने, ट्राफिक सिग्नलहरुबारे पहिले नै अवगत गराउने काम कारले स्वतःस्फूर्त रुपमा गर्दछ । चर्को स्पीडमा पनि नपल्टने विशेष क्षमता उक्त कारमा विकास गरिएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै

काठमाडौँ । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने

काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट)